ताजा अपडेट
काठमाडौँ, ७ कात्तिक । अन्ततः छिमेकी मुलुक चीनले नेपाललाई इन्धन दिने भएको छ।
नेपाल सरकारको औपचारिक आग्रहपछि छिमेकी चीनले केरुङ नाकाबाट इन्धन पठाउन लागेको हो । चीनले अनुदान सहयोगस्वरुप हजार मेट्रिक टन पेट्रोलियम पदार्थ केरुङ नाकाबाट पठाउन लागेको स्रोतले दैनिक नेपाललाई बतायो ।

तेल मंगलबार नेपाल आइपुग्ने भएको छ। चीनले इन्धन दिनेपछि नेपाली टोली पेट्रोलियम सम्झौताका लागि सोमबार बेइजिङ जाने भएको छ। टोलीमा अर्थ, वाणिज्य आपूर्ति र परराष्ट्रको सरकारी टोली सहभागी हुने बताइएको छ ।

छिमेकी भारतले दुई महिनादेखि नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ । जसका कारण इन्धनको हाहाकार नै मच्चिएको छ । चीनले इन्धन दिने भएपछि केही समयका लागि समस्या समाधान हुने देखिएको छ ।

काठमाडौं, ७ कात्तिक । प्रमुख विपक्षी दलका नेता तथा कांग्रेस सभापति सुशील कोइरालासँग भेट गरी उपप्रधान तथा भौतिक योजनामन्त्री विजय गच्छदारले राष्ट्रपति निर्वाचनमा प्रमुख चार दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटवार्तापछि पत्रकारसँग कुरागर्दै गच्छदारले कांग्रेससहित एमाले, एमाओवादी र आफ्नो पार्टी फोरम लोकतान्त्रिकबीच सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो ।

‘संविधान निर्माणका क्रममा देखिएको एकता र सहकार्य आउँदा दिनमा पनि आवश्यक छ’, गच्छदारले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा पनि आवश्यक छलफल गरेर सहमतिका साथ जानुपर्छ ।’
भेटवार्ताका क्रममा सभापति कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने जिकिर गच्छदारसँग गर्नुभएको छ ।

एमालेको नेतृत्वमा सरकार गठन भएपछि गच्छदारले कांग्रेस सभापति कोइरालासँग पहिलो पटक औपचारिक रुपमा भेट गर्नुभएको हो ।

राजेन्द्र महतोको घरमा यसरी अागो लगाउन खोजे युवाहरूले...



काठमाडौँ, २३ असोज । काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ । आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो । मृतक लेखराज ट्याक्सी चालक रहेको र कोठामा सञ्चित गरेर राखेको पेट्रोल एउटा भाँडोबाट अर्को भाँडोमा सार्ने क्रममा नजिकै रहेको बलिरहेको मैनबत्ती सल्केर अचानक आगो फैलँदा उनीहरु जल्न पुगेका थिए । सो आगलागीबाट कोठामा रहेका सरसामानसमेत जल्नुका साथै घरमासमेत क्षति भएको छ । रासस

- See more at: http://internetkhabar.com/np/2015/10/23807#sthash.JHoexhgh.dpuf
७, १७ र ३५ बुँदे प्रस्ताव आफुहरुको नभएको प्रष्ट
बिहीबार, २१ असोज, काठमाडौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले ब्यवस्थापिका संसद नछाडेको बताएका छन् ।
नयाँ प्रधानमन्त्री चयनकोलागि संसद संख्याको जोड घटाउ चलिरहेको बेला रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले आफुहरुले संविधान निर्माण प्रक्रियामा असहमति प्रकट गरेर संविधानसभा मात्रै बहिस्कार गरेको स्पष्ट पारे ।

उनले आफूहरुको सहभागिता विना प्रधानमन्त्री चयन नहुने अवस्था आए पार्टी र मोर्चाबाट उपयूक्त निर्णय लिने भन्दै प्रधानमन्त्री चयन प्रक्रियामा सहभागि हुने संकेत गरे ।
उनले आगामी सरकारमा सहभागिता जनाउन सक्ने संकेत गर्दै आवश्यक सहयोगकालागि तयार रहेको बताए । अध्यक्ष यादवले सरकारले आफूहरुसँग सल्लाह नै नगरी एकतर्फी रुपमा संविधान संसोधन प्रस्ताव दर्ता गराएको विषयलाई ‘मिठो नाटक’ को संज्ञा दिदै सहमति नगरी गरेको कामले स्वामित्वमा गंभिर समस्या आएको टिप्पणी गरे ।

सीमांकनमा परिवर्तन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पार्दै अध्यक्ष यादवले राज्य पुर्नसंरचना आयोगले दिएको प्रतिवेदनको आधारमा अघि बढे धेरै विषयहरु आफै हल भएर जाने दावी गरेका छन् ।
अंगिकृत नागरिकले राज्यको महत्वपूर्ण पद पाउनु पर्छ भन्ने आफूहरुको माग नभएको भन्दै अध्यक्ष यादबले केवल आफूहरुले कुनै पनि नेपाली नागरिक नागरिकताबाट बञ्चितमात्रै हुनु हुन्न भनेको प्रष्ट पारेका छन् ।
अध्यक्ष यादवले बाहिर मधेसी मोर्चाको भनि आएको ७, १८ र पछिल्लो ३५ बुँदे प्रस्ताव आफूहरुको नभएको भन्दै त्यस्ता प्रस्ताव थाहै नपाई आफूहरुको टाउकोमाथि थोपरिएको भन्दै असन्तुष्टी प्रकट गरेका छन् ।
उनले बाह्य शक्तिले आफुहरुको नाममा खेल्न खोजेको बताए । तर, त्यो शक्ति को हो भन्ने प्रष्ट पारेनन् । उनको आशय भारतले खेलेको भन्ने नै थियो ।nepalsandesh

२०७२ असोज २० गते एजेन्सी । अमेरिकी राष्ट्रपतिलाई थप्पड प्रहार भएको खबर सार्वजनिक भएको छ ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनमाथि थप्पड प्रहार भएको हो । अहिले अमेरिकी राष्ट्रपति पदका दाबेदार हिलारी क्लिन्टनले विलमाथि थप्पड प्रहार गरेको समाचार एजेन्सीले खुलासा गरेका हुन् । विल हिलारीका पति हुन् ।

विल र हिलारीको जीवनीमा आधारित एक किताबमा दाबी गरिएको छ कि पूर्व प्रथम महिला हिलारी पूर्व अमेरिकी राष्ट्रपति तथा पति बिल क्लिन्टनलाई कुटपिट गर्थिन् । किताबलाई उदृत गर्दै समाचार एजेन्सीहरुले रिसको आवेगमा आएका बेला हिलारीको व्यवहार एकदमै आक्रामक र हिंसक हुन्थ्यो । विगतमा उनले बिलमाथि कैयौपटक किताब, ऐश ट्रेले प्रहार गरेकी थिईन् र थप्पड पनि हानेकी थिईन् भनेका छन् ।

विलका राजनीतिक सल्लाहकार राजर स्टोनले हिलारीको बारेमा विश्वलाई जानकारी गराउन यो किताब यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्दैछन् । पुस्तकको नाम हो ‘द क्लिंट्स वार अन वूमैन’ । ‘न्यूयोर्क डेली टाइम्स’ र ‘डेली मेल’मा छापिएको अनुसार लेखकले दाबी गरेका छन् कि हिलारी आफ्ना पतिलाई घृणा गर्थिन् ।
तिखो बस्नुतले घोचपेच समेत गर्थिन् जसले कैयौ पटक विलको शरीरबाट रगत बग्थ्यो । यति मात्रै होइन उनी आफ्ना स्टाफ र सीक्रेट सर्विसका एजेन्टलाई पनि आतंकित पार्थिन् । हिलारी अहिले अमेरिकाको राष्ट्रपति पदकी दाबेदार हुन् ।
- दैनिक नेपाल

परासी, २० असोज । दुवईमा मृत्यु भएका नवलपरासीको देवचुली नगरपालिका–७ का रामबहादुर लामाको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन् । करिव दुई महिनाअघि एक नेपाली कामदारले नै हत्या गरेका रामबहादुरको शव नेपाल ल्याउन नसकिएको हो । रामबहादुरको परिवारले अहिले उनको शवको प्रतिक्षामा रहेको छ ।

नवलपरासी देवचुली नगरपालिका–७ का रामबहादुर लामा विदेश गएको एक वर्ष मात्र भयो । राति राम्रैसँग कुराकानी गरेका श्रीमान् भोलिपल्ट मरे भन्ने समाचारले स्तब्ध बनेकी श्रीमती हरिमाया श्रीमान्को शव आउने बाटो हेरेर प्रतीक्षामा बसेका छन् ।

शव ल्याउन हिमालयन सामुदायिक विकास मञ्च ९हिकोडेफ०द्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीले पहल गरिरहेको जनाएको छ । शव आउने प्रक्रियामा रहेको भए पनि हत्याको घटनाको छानबिन र बकर इद्को बेला भएकोले शव आउन ढिला भएको सूचना तथा परामर्श केन्द्रका संयोजक खगराज गौतमले जानकारी दिए ।
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines