ढुंगाले तह नलागे प्रहरीमाथि बम हान्ने योजना
विराटनगर : आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको दाबी गरिरहेका बेला मोर्चाकै कार्यकर्ताबाट विराटनगरमा पेट्रोल बम र सुतली बम फेला परेको छ ।

आन्दोलनलाई हिंसात्मक बनाउन घुसपैठ भइरहेको दाबी गरिरहँदा मोर्चाकै कार्यकर्ताबाट बम फेला पर्नुले मोर्चाको दाबी गलत सावित भएको छ ।
फाइल फोटो

प्रहरीमाथि ढुंगामुढा गरिरहेका बेला मंगलबार साँझ विराटनगर–१४ महावीर चोकबाट पक्राउ परेका मोर्चाका कार्यकर्ता अमर मरिकबाट प्रहरीले विष्फोट गराउन तयारी अवस्थाको दुई प्रकारका बम फेला पारेको हो ।

प्रहरीमाथि ढुंगामुढा गरिरहेको अवस्थामा विराटनगर–१५ का १८ वर्षीय मरिकलाई प्रहरीले पक्राउ गरेको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालले पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालयमा ल्याएर मरिकको शरीर र गोजी खानतलासी गर्दा विष्फोटका लागि तयारी अवस्थामा राखिएको पेट्रोल बम र सुतली बम फेला परेको जानकारी दिए ।

‘आन्दोलनकारी बनेर प्रहरीमाथि ढुंगा हानिरहेको बेला मरिकलाई पक्राउ गरिएको हो,’ एसपी लम्सालले भने, ‘खानतलासी गर्दा बमनै फेला प¥यो ।’

एसपी लम्सालले विष्फोटका लागि तयारी अवस्थामा राखिएको बमसहित मानिस पक्राउ नगरिएको भए प्रहरीलाई लक्षित गरेर प्रहार गर्ने योजना आन्दोलनकारीले बनाएको दाबी
 गरे ।

‘सुरुमा ढुंगा हान्ने र पछि प्रहरीमाथि बम प्रहार गर्ने योजना आन्दोलनरत मोर्चाको रहेछ’, एसपी लम्सालले भने, ‘मरिकलाई पक्राउ गरेर अनुसन्धान थालेपछि यो रहस्य बाहिर आयो ।’

लम्सालले बम प्रहार गर्ने व्यक्तिलाई पहिलेनै नियन्त्रणमा लिन प्रहरी सफल भएका कारण बमले हुने क्षति हुन नपाएको बताए ।
उनले मोर्चाकै कार्यकर्ताबाट बम फेला परेपछि बुधबारदेखि मोर्चाको आन्दोलनमा कडाई गर्न थालिएको बताए ।

‘सबै ठाउँमा चेकजाँच र निगरानी बढाएका छौ,’ एसपी लम्सालले भने,‘ सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिती बढाएर विशेष अप्रेशन थालिएको छ ।’    

मोर्चाले बाहिर बाहिर आफूहरुको आन्दोलन शान्तिपूर्ण भनेर भन्ने गरेपनि व्यवहारमा भने भिन्न पाइएको निष्कर्श प्रहरीले निकालेको छ ।

‘बाहिर बाहिर आफूहरुको आन्दोलन शान्तिपूर्ण रहेको भनेर सुरक्षाकर्मी देखि लिएर सबै पक्षलाई आश्वास्त पार्ने र भित्र भित्रै अशान्ति मच्चाउने योजना रहेको बुझियो,’ लम्सालले भने, ‘आन्दोलनरत पक्ष बम प्रहार गरेर ठूलो क्षति गराउने र जनजीवन आतंकित पार्ने योजनामा रहेको पत्ता लागेको छ ।’

मोर्चाका कार्यकर्तासँग बम फेला परेसंगै यस अघि विराटनगरका पेट्रोल पम्प, एमएम प्लाष्टिक उद्योग लगायतमा भएका बम विष्फोटका घटनामा मोर्चाकै संलग्नता रहेको निस्कर्ष सुरक्षा निकायले निकालेका छन् ।

यसअघि भएका बम विष्फोटका घटनामा मोर्चाले आफ्नो कुनैपनि संलग्नता नरहेको र आन्दोलनलाई असफल बनाउने तत्वले घुसपैठ गरेर जनजीवन आतंकित बनाउने हिसावले बम विष्फोट गराएको दावी गर्दै आएको थियो ।

आन्दोलनरत मोर्चाकै एक घटक संघीय समाजवादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले आन्दोलनमा सहभागी भएका मरिकलाई प्रहरीले पक्राउ गरेको जानकारी आएको बताए ।

‘मरिकलाई पक्राउ गरिएको भन्ने जानकारी आएको छ,’ यादवले भने, ‘तर उनका साथबाट बम फेला परेको भन्ने जानकारी छैन ।’

उनले आफूहरुको आन्दोलन शान्तिपूर्णनै रहने र मोर्चाका कुनैपनि कार्यकर्ता बम बोक्ने तथा प्रहार गर्ने घटनामा संलग्न नरहने दाबी गरे ।
- अन्नपूर्ण पोस्ट
काठमाडौं, ६ असोज । दिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश बोकेर नेपालका लागि भारतीय राजदूत रञ्जीत रे काठमाडौं फर्किएका छन् ।
काठमाडौंमा ओर्लिए लगत्तै भारतीय राजदूत रे ले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् । दिल्लीबाट मोदीले पठाएको सन्देश सुनाउन भारतीय राजदूतले रे ले निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटेका हुन् ।

भारतीय दूतावास स्रोतका अनुसार मोदीले पठाएको सन्देशमा असोज ३ गते घोषणा गरिएको संविधान संशोधन गर्न भनिएको छ । आफूलाई चित्त नबुझेका ७ बुँदे संशोधन प्रस्ताव भारतले राजदूतमार्फत नेपाललाई पठाएको स्रोतले जनाएको छ ।

भारतले सीमांकनमा परिवर्तन, निर्वाचन क्षेत्र जनसंख्या अनुसार हुनुपर्ने, विदेशीले पनि नागरिकता पाउनुपर्ने लगायतका संशोधन प्रस्ताव पठाएको जनाइएको छ ।
विहान १० बजे दिल्लीबाट त्रिभुवन विमानस्थलमा उत्रिएका राजदूत रे सोझै बालुवाटार हान्निएका थिए । नेपालमा नयाँ संविधान जारी भएपनि सीमावर्ती क्षेत्रमा हिंसात्मक घटना भइरहेको भन्दै भारतले असन्तुष्टि जनाएको थियो ।
-dainik Nepal
ashoj 6 काठमाडौं : भारतले नेपालको संविधानमा चाहेका सात बुँदा सार्वजनिक गरिएको छ।

नेपालका राजदूतसँगको व्रिफिङपछि भारतीय विदेश मन्त्रालयले तयार गरेको गोप्य रिपोर्टमा समावेश गरिएका यी सातबुँदा बुधबार भारतीय संचारमाध्यमले सार्वजनिक गरेका हुन्। यी सात बुँदा लिएर भारतीय राजदूत रञ्जित रे बुधबार दिल्लीबाट काठमाडौं आएको बताइएको छ।

सात बुँदामा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोकिनुपर्ने, न्यायको हकअन्तर्गत समानुपातिक शब्द राखिनुपर्ने, राष्ट्रका विशिष्ट पदमा अंगिकृत नागरिकता पाउनेले पनि अवसर पाउनुपर्ने, राज्यसभामा प्रान्तीय जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने, कञ्चनपुर कैलाली सुनसरी झापा मोरङ मधेस प्रदेशमा आउनुपर्ने, हरेक बीस वर्षमा निर्वाचन क्षेत्र पुनरावलोकन गरिने भन्ने व्यवस्था हटाउनुपर्ने, नेपालीसँग बिवाह गरेकी विदेश महिलाले नागरिकता पाउनुपर्ने उल्लेख छन्।

यी बुँदालाई संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्ने माग भारतीय पक्षको छ। तराई मधेसमा आन्दोलन गरिरहेका दलहरुले राखेका माग र यी सातबुँदामा धेरै भिन्नता छैन। यी बुँदा समावेश भएमा मधेस आन्दोलन सकिने संकेत दिइएको छ। तराई मधेसमा आन्दोलन गरिरहेका दलहरुले राखेका माग र विषयमा आधारित भएर विदेश मन्त्रालयले सातबुँदे तयार गरेको हो।


सामाजिक न्यायको हकअन्तर्गत बुँदालाई भारतीय पक्षले प्राथमिकताक साथ राखेको छ। यसमा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी समुदाय, उत्पीडित वर्ग, दलित, किसान र मजदुरलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी हुने हक हुनेछ भन्ने व्यवस्था रहनुपर्नेमा अहिले समानुपातिक शब्द हटाइएकोले मधेसी असन्तुष्ट रहेको उल्लेख विदेश मन्त्रालय रिपोर्टमा उल्लेख छ।

त्यसैगरी धारा २८३ मा राष्ट्रका प्रमुख विशिष्ट पदहरु वंशजका आधारमा रहेका नागरिकले मात्रै पाउने भनेकोमा मधेसी समुदायले यसमा विभेद देखेकाले जन्म आधारमा वा अंगिकृतले पनि यस्तो पदीय अधिकार पाउने भनी गर्न चाहेको संशोधनलाई विदेश मन्त्रालयले समर्थन गरेको छ ।

धारा ८६ अनुसार ‘मधेशी दलले राज्यसभामा पनि प्रान्तीय जनसंख्या आधारमा आफ्नो प्रतिनिधित्व खोजेको भनी आएको संशोधनलाई सम्बोधन गर्न गर्न भनिएको छ।


नेपालका जारी संविधानमा ७ वटा संघीय प्रदेशमध्ये एक नम्बरमा रहेको प्रदेशअन्तर्गतका  ५ वटा विवादित जिल्लाहरु कन्चनपुर, कैलाली, सुनसरी, झापा र मोरङमा बहुमत जनसंख्या मधेसीको भएकाले यी जिल्ला समेत मधेस राज्यमा आउनुपर्छ’ भन्ने मधेसी दलको मागमा भारतले समर्थन जनाएको छ।-annapurnapost

नेपालको संविधानमा भारतले चाहेको संशोधनबारे द इन्डियन एक्सप्रेसले गरेको रिपोर्टिङको भिडियो
- अन्नपूर्ण पोस्ट
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines