News
»
संविधानसभामा प्रचण्ड-बाबुरामले राष्ट्रपतिको सट्टा राजा नै चाहियो भनेपछि…!
संविधानसभामा प्रचण्ड-बाबुरामले राष्ट्रपतिको सट्टा राजा नै चाहियो भनेपछि…!
Tweet
धारा ६१ मा राष्ट्रपति सम्बन्धि व्यवस्थाको मतदान प्रक्रियामा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था नै हुनुपर्ने भन्दै हालेको संशोधन प्रस्तावमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता बाबुराम भट्टराईले एकछिन झुक्किएर समर्थन जनाए ।
धारा ६१ मा ‘नेपालमा एक जना राष्ट्रपति रहने छन्’ भनिएको छ । तर, राप्रपा नेपालले सो धारामा राष्ट्रपतिको सट्टामा राजसंस्था नै हुनुपर्ने माग गर्दै संसोधन प्रस्ताव दर्ता गराएको थियो ।
राप्रपा नेपालको सो प्रस्तावमा एमाओवादी नेताद्धय प्रचण्ड र बाबुरामसहितका सभासदले झुक्किएर राजसंस्थाका पक्षमा हात उठाएर ‘हुन्छ’ भनेपछि एकछिन सभाहलमै हाँसो फैलियो । प्रचण्ड-बाबुरामले नै राजा चाहियो भनेपछि सभामुख सुवास नेम्वाङ समेत अलमलमा परेका थिए ।
तर, उनीहरुले तुरुन्तै आफूहरुलाई सच्चाउदै ‘हुदैन’ भन्दै प्रस्तावको विपक्षमा हात उठाएर मतदान गरे । त्यसपछि कमल थापाको राजा ल्याउने प्रस्तावलाई बहुमतले अस्वीकार गरिएको थियो ।
यसरी झुक्किनेमा एमाओवादीका अध्यक्ष प्रचण्ड, नेताहरु डा. बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, गिरीराजमणी पोखरेल, शक्ति बस्नेतसहित सभासदहरु थिए ।
-दैनिक नेपाल
Labels:
News
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "संविधानसभामा प्रचण्ड-बाबुरामले राष्ट्रपतिको सट्टा राजा नै चाहियो भनेपछि…! "
Leave a reply


