२३ भदौ, काठमाडौं । सर बोबी चार्लटनको रेकर्ड तोड्दै वायन रुनी इंग्ल्याण्डका सर्बाधिक गोलकर्ता बनेका छन् ।

मंगलबार राति वेम्बलीमा भएको युरो कप छनोट फुटबलमा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई २-० ले पराजित गर्दा रुनीले एक गोल गरेका हन् । खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा रुनीले गोल गरेका हुन् ।

सन मारिनोविरुद्धको खेलमा पेनाल्टी गोल गर्दै रुनीले चार्लटनको ४९ गोलको कीर्तिमान भेट्टाएका थिए ।
चार्लटनको रेकर्ड तोडेपछि २९ वर्षीय स्ट्राइकर रुनीले सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।
रुनीले मासेडोनियाविरुद्ध २००३ मा इंग्ल्याण्डका लागि पहिलो गोल गरेका थिए । १२ वर्षमा ५० गोल गर्दै उनी इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता बनेका छन् ।
- onlinekhabar
२३ भदौ, काठमाडौं । अमेरिकाको लस भेगासमा ब्रिटिस एयरवेजको विमानमा आगो लागेको छ ।
विमान लण्डनका लागि उड्न लागेको थियो । आगलागी भएपछि विमानमा भएका सबै १७२ जनालाई आपतकालीन उद्धार गरिएको छ र सबै सुरक्षित छन् ।

विमानमा १५९ यात्रु र १३ चालक दलका सदस्य थिए ।
म्याकरन अन्तराष्ट्रिय विमानस्थलले ट्वीट गरेका केही यात्रुलाई सामान्य चोट लागेको जानकारी दिएको छ ।
सुरुमा विमानको बायाँ इन्जिनमा आगो लागेको थियो । त्यसपछि जहाजको अन्य भागमा आगो फैलिएको थियो र जहाजबाट धुँवाको मुस्लो निस्किएको थियो ।
थप तस्वीर हेर्नुहोस्
२३ भदौ, विराटनगर । मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको भन्सार चेकपोस्टमा खटिएका कर्मचारीलाई जिउँदै जलाउने प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताले प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोदकुमार खरेलले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने-‘डेढ दुई सयको संख्यामा आएका प्रदर्शनकारीले प्रहरी विटमा तोडफोड गरे र, नियमित डिउटीमा खटिएका पाँच जना प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरे ।’ प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी भागेको भन्दै उनले भने-‘हवाई फायर गरेर प्रहरीलाई जल्नबाट बचाइयो ।’
उनका अनुसार सशस्त्र प्रहरीले एसएलआरबाट १० राउन्ड र प्रहरीले सटगनबाट पाँच र राइफलबाट एक राउन्ड हवाइ फायर गरेको थियो ।
-onlinekhabar
२३ भदौ, राजविराज । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर बुधबार एकजनाको मृत्यु भएको छ । सवारी साधनहरु स्कोटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको थियो ।

फाइल तस्वीर
झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको हो ।
प्रहरीले स्कोटिङ गरेर गाडी पठाउने भनेपछि आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए ।
सो स्थानमा अहिले पनि तनाव जारी छ । प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप भैरहेको छ । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।
 online khabar
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines