कमल थापा, राप्रपा नेपाल, अध्यक्ष
संविधानसभाको डेढ वर्षमा अनेक उचार-चढाव आए । अनेक गठबन्धन भए । अब निरन्तर कायम रहेको र पीडादायी अनुभव गरेको यो निषेधको मानसिकता हो ।
जनताले भोट दिएर चौथो ठूलो राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने, तर सरकार र दलहरुले हामीप्रति नकारात्मक दृष्टिकोण राख्ने । कतिसम्म गरे भने भूकम्पका बारेमा छलफल गर्दा १, २, ३ दल बस्छन्, चार छोडेर ५, ६ तिर गए ।

सुरक्षा अंगको ब्रिफिङ लिने बेलामा पनि राप्रपा नेपाललाई अलग गरेर साना पार्टीहरुलाई राखियो । यो किसिमको निषेधको व्यवहारले राप्रपा नेपाललाई भन्दा पनि प्रजातन्त्रमा गलत संस्कृति हावी भयो भन्ने लाग्छ । आश गरौं, आगामी दिनमा सुधार होला ।

एक प्रकारले अछुतको व्यवहार भो । अन्तिममा एकपटक चार दलको बैठक बस्यो ।
संविधानसभामा सबैभन्दा महत्वपूर्ण र अविस्मरणीय क्षण भनेको बुधबार रातिको समय हो । फरक मतका बावजुद देशले संविधान पाएको छ । हामीलाई सन्तोष छ ।
दोस्रो के भने आफैंलाई पनि सन्तोषको कुरा अलिअलि गर्व पनि महसुस हुन्छ कि अत्यन्तै प्रतिकुल परिस्थितिमा पार्टी सञ्चालन गरेर हामी आयौं । र, हिजो संविधान निर्माण हुने क्षणमा पनि आफ्नो एजेण्डामा अविचलित रुपमा उभिएर त्यो एजेण्डाको पक्षमा मतदान गर्दा सही गर्ने बेलामा मलाई अत्यन्तै भावविह्वल भएको अनुभूति भयो ।

त्योबेलासम्म हामी प्रतिपक्षको भूमिकामा रहृयौं । तर, जब नतिजा घोषणा भयो, अरु सबै राजनीतिक दलहरुसँगै टेबल ठटायौं, उभिएरै समर्थन गर्‍यौं ।
प्रचण्ड र बाबुरामलाई मात्र बधाइ
मैले अरु कसैलाई बधाइ दिइँन, दुई जनालाई मात्र दिएँ : प्रचण्ड र बाबुरामलाई । मैले उहाँहरुलाई भनें कि अन्ततोगत्वा संविधानसभाबाट संविधान बनाएरै छाड्नुभो, तपाईहरुलाई बधाइ छ ।

अरु सबै पछि लागेका हुन् । संविधानसभाबाट संविधान बनाउने विषयमा माओवादी सफल भयो ।
विगतमा माओवादीलाई आतंककारी घोषणा गरेर सैन्य शक्तिबाट पराजित गर्न नसक्दा कांग्रेस र एमाले त्यही पार्टी हो, जसका नेताहरुलाई मलाई नै वार्तामा गर्न जाँदा भनेका थिए कुनै हालतमा हामी संविधानसभाको एजेण्डालाई स्वीकार गर्दैनौं ।
कुनै हालतमा हामी ०४७ को संविधान, जुन जनआन्दोलनबाट बनाएका हौं, त्यसलाई गर्न दिन्नौं भनेर गिरिजाप्रसाद कोइराला र माधव नेपालले हामीलाई भन्नुभएको हो । पछि कति ठूलो मूल्य चुकाउनुपर्‍यो हेर्नुस् त । आज देशले कति ठूलो मूल्य चुकाएर यो अवस्थामा आइपुगेका छौं । त्यसैले हामीले विगतबाट पाठ सिकेर राजनीतिक ढंगबाटै वार्ताको माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ ।

यसकारण फर्कियौं संविधानसभामा
वास्तवमा हाम्रो पार्टी राप्रपा नेपालले जति पनि निर्णयहरु गरेको छ, त्यसमा निरन्तरता छ । निरन्तर राप्रपा नेपाललाई निषेध गरिएको र संविधान निर्माण अन्तिम चरणमा आइपुग्दा देशका विभिन्न भाग आन्दोलनमा गएको र मधेस केन्दि्रत दलहरुले संविधानसभा बहिस्कार गरेको यो अवस्थाप्रति मुख्य राजनीतिक दलहरुमा गम्भीरता देखिएन । त्यसले गर्दा देश एउटा दुर्घटनामा जान सक्ने अवस्थामा हामीले एउटा दबाव दिने रणनीतिअन्तरगत संविधान निर्माणको प्रक्रियाबाट तत्कालका लागि अलग रहने निर्णय गरेको छ भन्यौं ।
हामीलाई अलिकति भए पनि सन्तोष यस मानेमा छ कि राप्रपा नेपालले त्यो निर्णय गरेपछि राष्ट्रिय राजनीतिमा एक प्रकारको तरंग देखा पर्‍यो । र, कांग्रेस, एमाले र एमाओवादी, जसले राप्रपा नेपाललाई निरन्तर निषेध गरिरहेका थिए, उनीहरुले राप्रपा नेपालसँग औपचारिक वार्ता गरेर विगतका त्रुटी र कमजोरी सच्याएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुका साथसाथै तराई मधेसमा देखिएको आन्दोलनलाई पनि सकारात्मक ढंगबाट सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेपछि हामी स्वभाविक रुपमा संविधान निर्माणको प्रक्रियामा सहभागी भएका हौं ।

हाम्रो यो सहभागिता कांग्रेस, एमाले र एमाओवादीको अदुरदर्शिताका कारणले मुलुकमा सिर्जना भएको परिस्थितिको समर्थनका लागि पनि होइन र त्यसको साक्षी बस्न पनि होइन । मूलत यसका दुईवटा उद्देश्यहरु थिए :
एउटा पार्टीले निरन्तररुपमा कायम राख्दै आएको अडान अनुसार विधि र प्रक्रियामा सहभागी हुने र आफ्नो एजेण्डाको अन्तिम समयसम्म रक्षा गर्ने ।
र, दोस्रो अहिले मुलुकमा जुन किसिमको संकटपूर्ण अवस्था छ, राष्ट्रिय अखण्डतामाथि पनि प्रश्नचिन्ह खडा भएको अवस्था छ, यो अवस्थामा हामीले लिने कुनै पनि निर्णयले त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्नुहुँदैन र राष्ट्रिय शक्तिहरु सबै एक ठाउँमा उभिएर पार्टीको स्वार्थभन्दामाथि खडा भएर समाधान खोज्नुपर्छ भन्ने मान्यताका आधारमा हामी प्रक्रियामा सहभागी भएका हौं ।
हामीले तीन दलका नेताहरुलाई भनेका थियौं कि तपाईहरुले हाम्रो एजेण्डालाई सम्बोधन गर्न सक्ने क्षमता छैन । त्यसकारण हामी त्यो माग्दै माग्दैनौं । हामी त प्रजातान्त्रिक व्यवहार र मधेसको समस्या समाधान गर्नुस् भनेर मात्र संविधानसभामा आएका हौं ।
धर्मनिरपेक्षता हटाउने आश्वासन थियो
वास्तवमा २५ वटा मात्र सिट भएको पार्टीले आफ्नो एजेण्डा, जो आधारभूत रुपमै फरक छ, त्यसलाई स्थापित गराउन सक्ने धरातलीय यथार्थबारे हामी पहिलेदेखि नै सचेत थियौं । त्यसमा हामीले दुईवटा रणनीति लियौं । एउटा आफ्नो एजेण्डालाई अन्तिम समयसम्म सदनमा पनि सडकमा पनि राख्ने रणनीति तय गर्‍यौं । त्योअनुसार अनेक संघर्षका कार्यक्रम तय गर्‍यौं । संविनसभामा नाराबाजी, मस्यौदा च्यात्नेदेखि अनेक दबावमूलक काम हामीले गर्‍यौं ।
दोस्रो, केही एजेण्डाहरुमा सहमति गर्न सकिन्छ कि भनेर सम्भावनाका खोजी गर्‍यौं । त्यो क्रममा एउटा चरणमा हामी यस्तो अवस्थामा पुगेका थियौैं कि धर्म निरपेक्षता अब हटाउने भन्ने लिखित सम्झौता बाहेक करिव-करिव मौखिक सम्झौता भएकै हो । मलाई प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्णरुपमा आश्वस्त तुल्याउनुभएको थियो ।
प्रचण्डजीले के भन्नु भएको थियो भने धर्म निरपेक्षताले गलत अर्थ लाग्यो, त्यसले गर्दा विकल्प खोज्नुपर्छ कि ? अलिकति बाबुरामजीसँग पनि कुरा गर्नुस् न ।
यो सुझाव संकलनपछिको कुरा हो । तर, रातारात परिस्थिति बदलियो । मलाई के लाग्छ भने पश्चिममा मुलकको तिव्र दबाव भयो । धेरै ठूलो आर्थिक चलखेल भयो भन्ने मलाई लाग्छ । त्यो क्रममा सडकमा पनि तपाईले देख्नु भो, धेरै ठूलो लगानी गरेर विभिन्न गुम्बामा रहेका सानासाना भिक्षुहरु, विद्यार्थीहरुलाई जुलुस प्रदर्शन गरेर दबाव दिने काम भो । पचासौं संस्थाका नामबाट प्रधानमन्त्री र सभामुखलाई ज्ञापनपत्र दिने काम भो ।

संविधानसभामा पहिलो चार वर्ष र पछिल्लो डेढ वर्ष यो विषयमा मौन रहेका सभासदहरुलाई खासगरी, जनजाति, दलित सभासदहरुलाई प्रयोजित ढंगबाट धर्म निरपेक्षताको विषयमा बोल्न लगाइयो । संविधानसभाभित्र ग्यांगअप गर्ने काम भयो । त्यो पछाडि परिस्थिति तीन नेताको हातभन्दा बाहिर गयो र उहाँहरु लाचार हुनुभयो । यसरी संविधानबाट धर्म निरपेक्षता हट्ने करिब-करिब निश्चित भएको अवस्थाबाट अहिले धर्म निरपेक्षता नै राखियो ।
संविधानको अन्तरवस्तु र मेरो अर्जुनदृष्टि
जहाँसम्म संविधानको अन्तरवस्तुको कुरा छ, आजको भोलि नै धेरै नकारात्मक कुरा गर्नुहुन्न तर, यति धेरै अन्तरविरोधहरु छन्, त्यसलाई व्यवस्थापन चुनौतीपूर्ण छ । कुनै सैद्धान्तिक धरातलमा उभिएर बनेको छैन ।
सबैभन्दा पहिला त यो संविधान बन्ने क्रममा मेरो अर्जुनदृष्टि चार कुरामा थियो । अरु मैले यति ध्यान दिएको थिइँन । आधारभूत रुपमै फरक भएपछि के तपशीलमा जाने भनेर मेरो चार कुरामा इन्ट्रेस्ट थियो । पहिलो कुरा, विचारको स्वतन्त्रता । फरक विचार राखेर हिँड्न पाइन्छ कि पाइँदैन ? केही कुरालाई अपरिवर्तनीय गर्छन् कि ? भन्ने चिन्ता थियो । अहिले कुनै कुरा पनि अपरीवर्तनीय छैन । विचार स्वतन्त्रता पूर्ण रुपमा ग्यारेन्टी भयो ।
दोस्रो, पार्टीमाथि प्रतिवन्ध लगाउने हुन् कि भन्ने चिन्ता थियो । कुनै विकल्प राखेर वा अस्थाका आधारमा प्रतिवन्ध लगाउलान् कि भन्ने थियो । अब कुनै पनि अवस्थामा पार्टीमाथि प्रतिवन्ध लगाउन सक्दैनन् ।
तेस्रो, आवधिक निर्वाचनको सुनिश्चितता भएको छ । र, चौथो, संविधान संशोधन गर्ने सरल प्रक्रिया छ । यसमा पनि धेरै व्यवधान खडा गर्न खोजेका थिए । कतिपय विषय अपरिवर्तनीय राख्नुपर्छ भने । प्रस्तावनामा लेखिएको विषय दुई तिहाइले संशोधन गरेर जनमत संग्रहबाट अनुमोदन गर्नुपर्छ भने । अहिले सबै कुरा हटेको छ र सजिलोसँग संशोधन गर्न सकिने भएको छ । बाँकी एजेण्डा, आफ्नो मेहनन र वलमा भर पर्ने कुरा हो ।
मलाई आत्मविश्वास के छ भने यो चार कुरा ग्यारेन्टी भएकाले मलाई पुग्यो । बाँकी मेरो आफ्नो क्षमतामा भरपर्छ ।
संविधान बनेपछिका सम्भावित चुनौती
वास्तवमा संविधान त संविधानसभाबाट पारित भइसक्यो र केही दिनमा जारी पनि हुन्छ । तर, संविधान बन्नु र जारी हुनु नै सम्पूर्ण कुरा होइन । यसमा दुईवटा स्पष्ट चुनौती हामीले देखिरहेका छौं । पहिलो चुनौती आन्दोलनमा रहेका मधेस केन्दि्रत दलहरु र संविधानसभामा नरहेका राजनीतिक दलहरुलाई पनि कसरी राष्ट्रिय मुलधारामा समावेश गर्ने ? यो तत्कालीन चुनौतीको विषय छ ।
दोस्रो चुनौती के भने संविधानमा जुन अन्तरवस्तुहरु समेटिएका छन्, कतिपय अन्तरवस्तुमा अहिले पनि हाम्रो गम्भीर असहमति छ । कतिपय अन्तरवस्तु विरोधाभाषपूर्ण छन्, त्यसले मुलुकमा लामो समयसम्म अस्थिरता र अराजकतातर्फ धकेल्ने, मुलुकलाई नयाँ चरणको द्वन्द्वमा लैजाने खतरा छ । यसलाई कसरी हामी म्यानेज गर्छौं, यो दीर्घकालीन प्रकारको चुनौती हो ।

वास्तवमा के भने यसमा कुनै साम्प्रदायिक रंग दिन हुँदैन । मधेसी, आदिवासी जनजाति र थारुहरुले आफ्नो पहिचान र अधिकारको रक्षाका लागि उठाएको आवाज हो । विगतमा मुल रुपमा माओवादीले र पछाडि कांग्रेस र एमालेले पनि यो समुदायलाई उचाल्ने काम गरेको हो ।
अनेकौं किसिमका सम्भव, असम्भव आश्वासन दिएका छन् । अनेकौैं सहमति र सम्झौता भएका छन् । त्यसले अहिले संविधान निर्माणको बेलामा ती विषयहरु सम्बोधन नहुँदा स्वभाविकरुपले उनीहरु असन्तुष्ट र आक्रोसित हुने भए । त्यसको निराकरणको उपाय थियो ।
त्यो भनेको के हो भने प्रजातन्त्रमा ‘सेन्स अफ पार्टिसिपेसन’ भनेेको महत्वपूर्ण हुन्छ । तपाई सहभागी हुने अवसर पाउनुभयो भने हारलाई पनि स्वीकार गर्नुपर्छ, यो प्रजातान्त्रिक मान्यता हो । उनीहरु हिजो आन्दोलनका सहयात्री, सम्झौताका पक्षधर, अहिले निर्णय गर्ने बेलामा तीन दलका तीन नेता बसेर गर्ने र यसलाई माने मान, नमाने नमान भन्ने व्यवहार गरेपछि स्वभाविक रुपले असन्तुष्ट बनेका हुन् ।
त्यो निर्णय प्रक्रियामा मधेस केन्िद्रत दलहरुलाई सहभागी गराएर लामो बहसमा पुगेको भए साझा निष्कर्षमा पुगिन्थ्यो । यो संविधान निर्माणका क्रममा अभिलेखमै लेखिने कुरा के भने अन्यन्तै निरंकुश शैलीबाट निर्माण भएको छ ।
अब राप्रपा नेपालले के गर्छ ?
अब यो संविधानलाई हाम्रो आलोचनात्मक समर्थन रहन्छ । दोस्रो, आफ्नो एजेण्डामा प्रतिवद्ध रहँदै संविधानको परिधिभित्र रहेर प्रजातान्त्रिक पार्टीको रुपमा भूमिका निभाउँछौं । तेस्रो, राजनीतिक कुराका अतिरित्त आर्थिक विकास, भ्रष्टाचार निवारण, गरीबी र वेरोजगारी अन्त्य र सुशासनका कुरा लिएर जनतामा जान्छौं ।
चौथो कुरा, हिन्दुराष्ट्रको पक्षमा अन्य समान विचारधारा भएकाहरुसँग सहकार्य गर्छौं । यसका निम्ति तीन वर्ष कुर्नुपर्छ भन्ने छैन । सडकमा सशक्त दबाव सिर्जना गरेर त्यसलाई नै संविधान संशोधनको बाटोबाट हिन्दु राष्ट्र बनाउन सकिन्छ ।
- online khabar
बीसौं शताब्दीसम्म संसारका सबै बालीहरू अर्गानिक थिए। दोस्रो विश्वयुद्धपछि मात्र किसानहरूले सिन्थेटिक कीटनाशक विषादी र रसायनको प्रयोग गर्न थालेका हुन्। त्यसपछि अर्गानिक खेती आज भएजस्तो बजारीकरणमा परिवर्तन भएको हो। आधुनिक युगको खेतीले बाली कायम राख्न र खेतबारीका जनावरलाई स्वस्थ राख्नका लागि मिसिएको रसायन प्रयोग गर्छन्।

दुर्भाग्यवश, यी रसायनहरूले पानी, वायु र माटोलाई विषयुक्त बनाएका छन्। अनावश्यक र उपयोगी नहुने जीवलाई मार्नका लागि प्रयोग हुने कीटनाशक, स्टेरोइड, हर्मोन, एन्टिबायोटिक र हर्बिसाइडहरू हामीले खाने खानामा पनि रहने गरेका छन्। यस्ता रसायनले हामीलाई क्यान्सरजस्ता रोग उत्पन्न गराउँछन्। यस्तै कारणले पनि अर्गानिक खानेकुराहरू पुनः चर्चित हुँदै गइरहेका छन्।

अर्गानिकमा के हुन्छ?

अर्गानिक हुनका लागि अर्गानिक बालीले संयुक्त राज्यको कृषि विभागले कायम गरेको मापदण्ड पूरा गरेको हुनुपर्छ। यी मापदण्डमा सबै बालीहरू सिन्थेटिक कीटनाशक, कृत्रिम मल, विकिरण र बायोटेक्नोलोजीको प्रयोग नगरी उत्पादन गरिएको हुनुपर्छ।

अर्कोतर्फ, एन्टिबायोटिक वा सिन्थेटिक वृद्धि हर्मोनको प्रयोग नगरी जनावर हुर्काइएमा पशुजन्य उत्पादनहरू अर्गानिक मानिन्छन्। यी पशुहरू बन्द ठाउँमा नभई बाहिरी खुला स्थानमा चराइएको हुनुपर्छ।

उत्तम अर्गानिक फलफूलहरू

केही स्वास्थ्य विशेषज्ञहरूले अर्गानिक तरिकाले उब्जाइएका अन्न र पशुहरू रसायन भएका बाली वा मासुभन्दा राम्रो उत्पादन हुने विश्वास गर्छन्। केही खानेकुराहरू अर्गानिक रूपमा किन्नुपर्दैन तर अरूका लागि भने तपाईंले अर्गानिक चिह्न लागेको खोज्नुपर्छ। यी उत्पादनहरूमा उच्च मात्रामा कीटनाशक विषादीको प्रयोग गरिएको हुन्छः

• स्याउ

• अंगुर

• स्टबेरी

• आरु

• साग

• चेरी टमाटरहरू

• आलु

• आयातित केराउहरू

• काँक्रो

• गुलियो र पीरो मरिचहरू

यी उत्पादनहरूमा उच्च मात्रामा रसायन हुने भएकाले तपाईंले अर्गानिक हिसावले उत्पादन गरिएका बालीहरू किन्नुपर्छ। अर्कोतर्फ, यी फलफूल र तरकारीमा निकै कम मात्रामा कीटनाशक विषादी र रसायन हुन्छन्ः

• प्याज

• भुइँकटर

• अन्न

• एभोकाडो

• आँप

• किवी

• बन्दा

• मेवा

• केरा

• काउली

• ब्रोकाउली

• खरबुजा

न्यून मात्रामा कीटनाशक विषादी रहेका फलफूल र तरकारीको विशेषता भनेको तिनीहरूको बोक्रा छुटाउन सकिन्छ। उत्पादन गरिएका यस्ता कुराहरूमा रसायनहरू भित्रैसम्म नजाने भएकाले तपाईंले राम्रो भाग पाउनका लागि फलफूल र तरकारीको बोक्रा निकाल्न सक्नुहुन्छ। राम्रो भाग रसायनसँग अलिकति पनि मिसिएको हुँदैन।

अर्गानिकका फाइदा

न्युन मात्रामा रसायन

बालीहरूमा रसायनको प्रयोग नभएकोले उत्पादनहरू अर्गानिक हुन्छन् र मासुमा रसायन मिसिएको हुँदैन। अध्ययनहरूले बालीमा प्रयोग भएका रसायनहरूले मेटाबोलिक समस्या, हर्मोनल समस्या र क्यान्सरजस्ता विभिन्न खालका स्वास्थ्य समस्या उत्पन्न हुन सक्छन्।


जीएमओ नहुने
अर्गानिक रूपमा उत्पादन भएका बालीहरू र मासुहरू जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म अर्थात् जीएमओबाट बनेका हुँदैनन्। जीएमओहरू खानेकुराको परिवर्तित रूप हुन्। यो प्रविधि भनेको अन्नको उत्पादन बढाउने र खानेकुराको अभाव हुनबाट जोगाउने हो। दुर्भाग्यवश, प्रविधी आफै व्यापक रुपमा बुझिएको छैन र यसबाट हुने स्वास्थ्य जोखिम पनि बुझिएको छैन। प्रकृतिमा प्राकृतिक रुपमा उत्पादन नभएको कुनै पनि कुरा खानका लागि सुरक्षित ठानिनु हुँदैन।

राम्रो गुणस्तर
अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुहरू पोषिलो हुने मात्र होइन, रसायनको कमीले गर्दा राम्रो गुणस्तरका पनि हुन्छन्। विभिन्न खाले हर्मोन र एन्टिबायोटिकको प्रयोग गरी हुर्काइएका पशुहरू अर्गानिक हिसाबले खुला रूपमा हुर्काइएका पशुहरूको तुलनामा धेरै तनावमा हुन्छन्। यसले मासुको गुणस्तरमा पनि निकै फरक पार्न सक्छ। यही कुरा अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल र तरकारीमा पनि लागू हुन्छ।

वातावरणमैत्री
अर्गानिक रूपमा उत्पादन गरिएका फलफूल, तरकारी र मासुजन्य उत्पादन वातावरणमैत्री पनि हुन्छन् किनभने ती खानेकुरा उत्पादन गर्न र वृद्धि गराउनका लागि कुनै पनि रसायनको प्रयोग गरिएको हुँदैन। कीटनाशक विषादी, हर्बिसाइड्स, र हर्मोनहरूले कृषि र वातावरणजन्य नोक्सानी हुने गरी नदी, माटो र हावालाई दूषित बनाउन सक्छन्।

- नागरिक न्यूज Health
२०७२ असोज १, काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा भारतीय विदेश सचिव एस जयशंकर शुक्रबार बिहान ९ बजे नेपाल आइपुगेका छन्। जयशंकरले दिनभर प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्ने कार्यक्रम छ।

नेकपा एमाले अध्यक्ष केपी अाेली निवास वालकोटमा उनको पहिलो भेटवार्ता भएको छ। अोलीले ट्विटर मार्फत फोटोसहित भेटघाटको जानकारी गराएका छन्। असोज ३ गते नयाँ संविधान जारीगर्ने तय भएको बेला भारतीय दूतको अागमनलाइ अर्थपूर्ण मानिएको छ। परराष्ट्र श्रोतका अनुसार जयशंकर शनिबार स्वदेश फर्किने कार्यक्रम छ।


जयशंकरले प्रधानमन्त्री सुशील कोइरालालाई विहान १० बजे भेट्ने तय गरिएको थियो । क्याविनेट बैठक जुधेका कारण प्रधानमन्त्रीको भेटघाटको कार्यतालिका हेरफेर भएपछि जयशंकरले पहिलो भेट ओलीसँग गरेका हुन् ।जयशंकरले दिउँसो राष्ट्रपति, एमाअोवादी अध्यक्ष पुष्पकमल दहाल र मधेशवादी नेताहरूसँग भेटघाट गर्नेछन्। उनको साँझ प्रधानमन्त्रीसँग भेट हुनेछ।
असोज १, काठमाडौं– संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुको हस्ताक्षर गर्ने कार्यक्रम सुरु भएको छ। शुक्रबार बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ।

संविधानसभा भवनको ल्होत्से हलमा भइरहेकाे हस्ताक्षर कार्यक्रम सकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्ने छन्। त्यसपछि ३ दलले ४ बजे पत्रकार सम्मेलन गरी अाम नागिरकलार्इ संविधान निर्माण गरिएकाे जानकारी गराउने र ३ गते दिपावली गरी खुसियाली मनाउन अाह्वान गर्ने कार्यक्रम छ ।

 कुल १० वटा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर भइरहेको छ।

नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति संविधानमा हस्ताक्षर हुनेछ । हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ । गत भदौ ३० गते पारित भएको संविधानमा बिहीबार शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो।
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines