विवाह भन्दा पहिले धेरै पुरुषहरु आफ्नो भविष्यको जिवनका विषयलाई लिएर निकै चिन्तित रहन्छन् । उनीहरुको त्यो चिन्ता केवल आर्थिक विषयमा मात्र होइन शारीरिक पनि हुन्छ । यौन तथा प्रजनन सम्बन्धी विषयलाई लिएर पनि पुरुषहरु गहिरो चिन्ता तथा उत्सुकतामा हुन्छन् ।

पार्टनरसँगको यौन सम्बन्ध कस्तो रहला ? यौन जिवनमा पर्याप्त सन्तुष्टि होला नहोला ? सन्तान लाभमा कतै असफल पो भइने हो की ? आदि आदि । तनाव, व्यस्त दैनिकी तथा खराब जिवनशैलीका कारण अक्सर उनीहरुको दिमागमा यस्ता कुराहरु खेलिरहेका हुन्छन् । तर मित्रहरु धेरै सोँच्न तथा आत्तिन जरुरी छैन, केवल आफ्नो दैनिक जिवन तथा वानी व्यवहारमा, खासगरी खानपानमा सन्तुलन ल्याउन सक्ने हो भने यो तनाव तथा खतरालाई दूर गर्न सकिन्छ । आफ्नो दैनिक भोजनमा यी कुराहरु सामेल गर्नुभयो भने प्रजनन सम्बन्धी समस्या, खासगरी बाँझोपनाको खतरा रहनेछैन :
पानी :

हाम्रो प्राण धान्नका लागि मात्र होइन, जिउलाई स्वस्थ तथा निरोगी राख्नका लागि समेत पर्याप्त पानी पिउनु आवश्यक हुन्छ । पानीले सरीरका विषाक्त चिजहरुलाई बाहिर निकाल्छ । जति धेरै पानी पिउनुहुन्छ शुक्रकिटको संख्या तथा गुणस्तर उति नै बढि रहन्छ ।
लसुन :
लसुनमा पाइने एलिसन तत्वले सरीरमा रक्तप्रवाहलाई सन्तुलित गर्नुका साथै यौनांगमा समेत पर्याप्त रक्तप्रवाह कायम गर्दछ । यसले सेक्स हर्मोनलाई नियन्त्रण गर्नमा पनि सहयोग गर्दछ । लसुनमा भिटामिन बी सिक्स तथा सेलेनियम तत्व पाइन्छ जसले शुक्रकिटलाई स्वस्थ बनाउन सहयोग गर्छ ।
 अण्डा :
अण्डामा भिटामिन इ लगायतका विभिन्न पौष्टिक तत्व पर्याप्त मात्रामा पाइन्छ । भिटामिन इ ले पुरुषको प्रजनन क्षमतामा वृद्धि गर्नुका साथै शुक्रकिटको क्वालिटी बढाउन मद्धत गर्दछ । साथै यसमा पाइने एन्टीअक्सिडेन्ट तत्वले यौनांगका कोषिकाहरुलाई सक्रिय बनाइराख्दछ ।
केरा :
ब्रोमलेन नामक इन्जाइम केरामा पाइन्छ, जसले सेक्स हर्मोन नियन्त्रण गर्ने काम गर्दछ । साथै केरामा पाइने भिटामिन ए, बी वान लगायतका तत्वले शुक्रकिटको उत्पादन बढाउने तथा सेक्स पावर बढाउन सहयोग गर्छन् ।
पालुंगो :
फोलिक एसिडले भरिपूर्ण पालुंगोको नियमित सेवनले पुरुषमा शुक्रकिटको संख्या बढाउनुका साथै शुक्रकिटलाई स्वस्थ राख्न पनि सहयोग गर्दछ । साथै यसरी शुक्रकिटको गति पनि बढाउँदछ ।
फलफूल :
नियमित रुपमा फलफुलको सेवन सरीरको तन्दुरुस्ती तथा प्रजनन र यौन स्वास्थ्यका लागि पनि आवश्यक छ । एन्टी अक्सिडेन्ट तत्व तथा फोलिक एसिडले भरिपूर्ण फलफुलहरुको सेवनले शुक्रकिटको उत्पादन बढाउने तथा स्वस्थ राख्न सहयोग पूराउँछ । सुन्तला, स्ट्रबरी, मौसम, अनार, आँप जस्ता फलफूलको सेवनले पुरुषको प्रजनन क्षमतामा सुधार हुन्छ । अनार एन्टी अक्सिडेन्ट तत्वको भकारी नै हो । यो तत्वले शुक्रकिटलाई नोक्सान पूराउने मोलोन्डी एल्डीहाइड नामक पदार्थलाई कम गरिदिन्छ ।
ओखर :
ओखर पनि एन्टीअक्सिडेन्ट तत्वको राम्रो श्रोत हो । यसमा ओमेगा थ्री फ्याट्टी एसिड पनि हुन्छ । त्यसैले ओखरको नियमित सेवनले शुक्रकिटको संख्या बढाउने तथा यौनांगमा रक्तप्रवाहलाई बढावा दिने काम गर्छ ।
उल्लेखित खानेकुराका अलावा कसिलो अन्तरवस्त्र नलगाउने, पर्याप्त मात्रामा सुत्ने, नियमित व्यायाम तथा योगा गर्ने र तनावबाट टाढै रहने गर्नाले पुरुषको प्रजनन क्षमता अब्बल बन्नेछ र यौन जिवनलाई खुसी तथा सुखी बनाउन सकिन्छ ।
-online khabar
८ असोज, काठमाडौं । नेपाल-भारत सीमा क्षेत्रमा जारी अवरोध तत्काल नहट्ने संकेत भारतले गरेको छ । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आफूले नभई नेपाली आन्दोलनकारीले सीमा क्षेत्रमा अवरोध पुर्‍याइरहेको आरोप लगाएको छ ।

भारतीय विदेशमन्त्री शुष्मा स्वराज
विज्ञप्तिमा भनिएको छ-‘नेपाल भारत सिमा क्षेत्रका अवरोधका सम्वन्धमा आएका समाचारहरु हामीले हेरेका छौं । ती अवरोधहरु नेपालकै पक्षबाट भएका प्रदर्शन र हुलदंगाले गर्दा उत्पन्न भएका हुन् ।’
उसले नेपालमा जारी मधेस आन्दोलनलाई लक्ष्यित गर्दै राजनीतिक तवरबाट समस्या सुल्झाउन फेरि सल्लाह दिएको छ ।
‘नेपालको नेतृत्वले अहिलेको तनावपूर्ण अवस्थाका कारणहलाई प्रभावकारी र जिम्मेवार ढंगले सम्वोधन गर्नुपर्छ,’ विज्ञप्तिले भनिएको छ, ‘मतभेदका मुद्दाहरुलाई फराकिलो स्वामित्व र स्वीकार्यताको माध्यमले समाधान गर्नुपर्छ ।’
विज्ञप्तिको अन्त्यमा ‘वर्तमान परिस्थिति चाँडोभन्दा चाँडो सहज हुने’ आशा व्यक्त गरिएको छ ।
-अनलाइन खबर

असोज ८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय राजदूत रञ्जित रायवीच बालकोटस्थित ओली निवासमा शुक्रबार गोप्य वार्ता भएको छ ।
एक घण्टाभन्दा लामो समय भएको दुईजनाको गोप्य भेटमा भएको कुराकानी बाहिर आएको छैन । भेटमा ओलीले भारतले सीमानामा नाकाबन्दी गरेकोबारे राजदूतसँग चासो राखेको बालकोट स्रोतले बताएको छ ।
जवाफमा भारतीय राजदूत रायले यसबारे आजै विदेशमन्त्रालयको भनाइ सार्बजनिक भैसकेको भन्दै भारतको अडान त्यसैमा उल्लेख भएको बताएका थिए ।
file photo

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालकै तर्फबाट सीमानाकामा अवरोध भएको भन्दै राजनीतिक समस्या भएकाले राजनीतिक नेतृत्वले यसलाई समाधान गर्नुपर्ने उल्लेख छ ।
पछिल्लो समयमा भारतसँगको सम्बन्ध चिसिँदै गइरहेका बेला भावी प्रधानमन्त्रीका रुपमा हेरिएका ओलीलाई भेट्न भारतीय राजदूत राय शुक्रबार बिहान ओली निवास पुगेका हुन् ।
राजदूत रायले माधव नेपाललाई भेटे
ओलीलाई भेटेपछि राजदूत राय एमाले नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वरस्थित निवास पुगेका थिए । नेपालसँग करिब १५ मिनेट उनको भेटवार्ता भएको थियो ।
राजदूत रायसँग परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सोध्ने तयारी गरेलगत्तै उनले एमाले नेताहरुसँग भेटवार्ता तिव्र पारेका हुन् ।
- अनलाइन खबर
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines