श्रीनगर (भारत), २ असोज । भारतीइ सेनाले सशस्त्र हतियारधारी पाकिस्तानी आतङ्ककारी भारत प्रशासित काश्मिर छिर्ने प्रयास गर्दै गर्दा गरेको कारबाहीमा कम्तिमा पाँच जना पाकिस्तानी विद्रोही लडाकूको मृत्यु भएको छ ।

भारत–पाकिस्तानको सीमा क्षेत्र काश्मिरको गरेज इलाकामा हतियारसहित प्रवेश गर्दै गर्दा सेनाले गरेको कारबाहीमा उनीहरुको मृत्यु भएको श्रीनगरस्थित सैन्य प्रवक्ता लेफ्टिनेन्ट कोलेनल एन.एन. जोशीले बताउनुभयो ।
सीमा छिर्दै गर्दा बिहीबार राति उनीहरुसँग पहिलो सम्पर्क भएको र दशगजा क्षेत्रमा उनीहरुले प्रवेश गरेपछि कारबाही सुरु भएको जोशीले बताउनुभयो ।
भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने क्रममा उनीहरुलाई पिछा गरिएको थियो । मृतक तथा उनीहरुको समूहको विस्तृत विवरण आइनसकेको प्रवक्ता जोशीले बताउनुभयो । रासस/पीटीआई
२ असोज, काठमाडौं । स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि अझै महत्वपूर्ण हुन्छ । त्यसैले कुन खानेकुरा, कतिबेला तथा कसरी खाने भन्ने कुराले पनि ठूलो महत्व लाग्छ ।

कतिपय खाद्यपदार्थहरुमा अम्लको मात्रा उच्च हुन्छ त्यसैले त्यस्ता खानेकुरा खालीपेटमा खानु हानिकारक हुन्छ । दही, गोलभेँडा, केरा आदि कुराहरु खाली पेटमा खानु राम्रो मानिदैन ।


खाली पेटमा खान नहुने खानेकुराहरु यी हुन्ः

सोडाः सोडामा उच्च मात्रामा कार्बोनेट अम्ल हुन्छ । खालीपेटमा सोडापानी खानाले उक्त अम्लले नकारात्मक असर पुग्दछ ।

गोलभेँडाः गोलभेँडामा पनि अम्ल हुन्छ । यदि खाली पेटमा गोलभेँडा खानुभयो भने त्यसले पेटमा पुगेर प्रतिक्रिया गर्दछ र अघुलनशील लेदोको निर्माण गर्छ । यसले पेटमा पत्थरीको जोखिम हुन्छ ।

औषधीः केही अपवाद बाहेक औषधिहरु खान पछि मात्र खानुपर्ने हुन्छ । डाक्टरहरुले पनि खाली पेट औषधि नखान सल्लाह दिन्छन् किनकी खाली पेटमा औषधि खानले पेटमा अम्लपना बढ्ने जोखिम हुन्छ ।

अल्कोहलः खालीपेटमा मदिरा सेवन गर्नु पनि हानिकारक हुन्छ । खालीपेटमा रक्सी खानाले पेटमा जलन हुने तथा राम्रोसँग खाना नपच्ने समस्या हुन्छ ।

कफीः खाली पेटमा कफी पिउनु निकै हानिकारक हुन्छ । कफिमा हुने क्याफाइन तत्वले खाली पेटमा असर पूराउन सक्छ । त्यसैले पेट खाली भएको बेलामा कफि नपिउनुहोस्, बरु एक कप पानी पिएर भएपनि कफी लिनुहोस् ।

चियाः चियामा पनि उच्च मात्रामा अम्ल हुन्छ । त्यसैले खाली पेटमा चिया पिउनै हुँदैन । यसले पेट दुख्ने, ग्यास्ट्राइटिस हुने, खान मन नलाग्ने लगायतका समस्या पैदा गर्छ ।

दहीः दही स्वास्थ्यका लागि लाभदायक हुनेमा शंका छैन । तर यसमा अम्लपना उच्च हुने भएकाले यसलाई खाली पेटमा खानु हुँदैन ।

केराः खाली पेटमा केरा खानाले सरीरमा म्याग्नेसियमको मात्रा निकै बढ्न जान्छ जसका कारण सरीरमा क्याल्सियम र म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले विहान खाली पेटमा केरा खानु हुँदैन ।
सखरखण्डः यसमा ट्यानिन तथा पेक्टिन नामक पदार्थहरु हुन्छ । त्यसैले खाली पेटमा सखरखण्ड खानाले ग्यास्टि्रक एसिडको समस्या हुन्छ र पेटमा जलन पैदा हुन्छ ।एजेन्सीको सहयोगमा
-भिडियो हेर्नुस तलः
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines