Ashoj 11, काठमाडौं । आगामी गतेवाट विहारको विधानसभाको चुनाव सुरु हुदैछ । विधानसभा भनेको भारतीय संविधान अनुसार नेपालको प्रदेशसभा जस्तै हो जसले विहारको प्रादेशिक सरकारको चुनाव गर्दछ ।
दिल्लीमा आम आदमी पार्टीले मोदीको पार्टी भाजपालाई पनि पत्तासाफ गरि हराएजस्तै विहारमा नहोस भन्नका लागि तथा विहारको प्रदेश सभामा वहुमत जितेर इतिहासमा पहिलो पटक विहारमा भाजपाको सरकार वनाउनका लागि पनि नेपाल पुरै नाकावन्द गरेको रहस्य खुलेको छ ।
file photo

श्रोतका अनुसार विहार तथा विहारससँग सीमा जोडिएका नेपाली जिल्लाहरुमा दोहोरो नागरिकता भएकाहरुले भाजपालाई मत दिन लगाउन मोदीलाई मधेश सेन्टिमेन्ट प्रयोग गर्न विहारका भाजपा नेताहरुले केही हप्ता अघि सुझाव दिएका थिए ।

विहारसँग सीमा जोडिएका नेपालका जिल्लाहरुमा रहेका साठी प्रतिशत भन्दा बढीको विहारमा नाता कुटुम्व कोही न कोही रहेकोले मधेशको भड्काइएको भावनालाई आफ्नो पक्षमा पार्न सके विहारमा आफ्नो पक्षमा थप दश देखि पन्ध्र प्रतिशत मत आउने अनुमान पनि विहारी नेताहरुले मोदीलाई रिपोर्ट सुनाए पछि मोदीले जसरी भएपनि विहारको चुनाव जितेर इतिहास वनाउन नेपाललाई विहार चुनाव नसकिए सम्म नाकावन्दी गर्न आदेश दिइ अमेरिका भ्रमणमा गएको समाचार श्रोतको दावी छ ।

पटना स्थित समाचार श्रोतका अनुसार सोही दश देखि पन्ध्र प्रतिशत मत नै निर्णायक बन्ने देखिन्छ । मधेशका सम्वन्धका सम्भवै नभएका र अन्तराष्ट्रिय रुपमा अमान्य मागहरु र आफैले भारतमा अस्वीकार गरेका माग समेतपनि राख्न लगाएर निहु खोज्न र मधेशी भावना भड्काउन भाजपा नेतृत्व मरिमेटेर लाग्नुको एक अति महत्वपूर्ण कारण यहि विहारको चुनाव भएको र यस पछि जे गर्न पर्ला गरौंला भन्ने मोदीले सोचाइ वनाएको उच्च स्रोतको दावी छ ।
- नेपाल संदेश
काठमाडौं, ११ असोज । भारतका लागि नेपाली भारतीय राजदूत दीपकुमार उपाध्यायले नेपालमाथि भारतले लगाएको अघोषित नाकाबन्दीले नरेन्द्र मोदीको छविमा ठूलो धक्का लागेको बताउनुभएको छ ।
राजदूत उपाध्यायले दुई पटकसम्म मोदीले नेपालको भ्रमण गरेको बताउँदै सुध्रिएको सम्बन्धलाई विगार्ने कार्य केही तत्वबाट भएको बताउनुभयो । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा दुई पटक भ्रमण भइसकेको छ’, उहाँले भन्नुभयो, ‘मोदीको लोकप्रियता उचाइँमा पुगेको थियो । अहिले कता गयो ?’

नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (सोमबार) बिहान अन्तर्वार्ताका क्रममा राजदूत उपाध्यायले नेपालमा भारतले लगाएको नाकाबन्दीका विषयमा मोदीलाई जानकारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मोदीजी संयुक्त राष्ट्रसंघको महासभामा हुनुहुन्छ । उहाँलाई सबै थाहा छ । यस विषयमा मोदीले ध्यान दिनुपर्छ । उहाँले नबोल्दासम्म यो समस्याको समाधान हुँदैन ।’


भारतले सुरक्षाका कारण देखाउँदै नेपालमाथि नाकाबन्दी लगाएकोमा आपत्ति जनाउनु भएका नेपाली राजदूत उपाध्याउले भन्नुभयो, ‘हाम्रो कारणले नाकाबन्दी लागेको होइन । हामी शान्ति सुरक्षा दिन सक्षम छौँ । हामीले शान्ति सुरक्षा दिन नसक्ने भएपछि मात्रै हाम्रो गल्ती हुन्थ्यो । तर हाम्रो गल्ती छैन । उतैबाट मालबाहक सवारी साधन छाडिएको छैन । रोकिएको छ ।’

भारतसँग अहिले देखिएको समस्याको निराकरण कुटनीतिक रुपमा खोज्नु पर्ने बताउनुभएका उपाध्यायले भन्नुभयो, ‘कसले अर्घेलो गर्‍यो इतिहासले खोज्नेछ । हाम्रै आफ्ना नेता र दलको पनि दोष छ ।’ उहाँले नेपाली पक्ष समस्याको समाधानका लागि इमान्दार भएर लागेको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्न नपाएको बताउनुभएका नेपाली राजदूत उपाध्यायले मोदीका दूतहरूसँग सम्पर्कमा रहेको बताउनुभयो । ‘भारतका कारण नेपालका जनताको हृदय विझ्नु हुँदैन । मोदीले नबोलेसम्म समस्याको समाधान हुँदैन ।’

त्यसै गरी नेपाली राजदूत उपाध्यायले भारतीय प्रधानमन्त्री मोदीको नेपालमा पुत्ला दहन नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘सानो देश भए पनि हामीले चित्त ठूलो देखाऔँ । भारत, चीनको विरोध कसै गर्नु हुँदैन ।’
-dainik nepal
नाकाबन्दी गर्नुको कारण स्पष्ट पार्न आग्रह
११ असोज, काठमाडौं । आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग वार्ता गरी सहमतिमा ल्याउन प्रमुख तीन दलले वार्ता टोली गठन गरेका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकले वार्ता टोली गठन गरेको हो ।
File Photo

वार्ता टोलीमा तीन दलका एक-एक जना प्रतिनिधि छन् । कांग्रेसबाट वनमन्त्री महेश आचार्य र एमालेबाट प्रमुख सचेतक अग्नी खरेल छन् । एमाओवादीले भने आफ्नो प्रतिनिधिको नाम दिन बाँकी रहेको बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
काठमाडौंमा नाकाबन्दी हुने गरी सीमा क्षेत्रमा अवरोध किन गरेको हो र माग के-के हुन् स्पष्टरुपमा राख्न तीन दलले मधेस केन्द्रित दलहरुलाई आग्रह समेत गरेका छन् ।
-online khabar
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines