६ असोज, राजविराज । जन्मजातै अपाङ्गता भएका ३७ बर्षीय अताउल्लाह सोमबार घरभन्दा ३२ किलोमिटरको दूरीमा रहेको सदरमुकाम राजविराज आइपुगे । बन्द हड्तालको समयमा पनि साथीको मोटरसाइकलमा बसेर आएका उनले भने, “अन्तिम समयसम्म सरकारले हाम्रो मागलाई सम्बोधन गर्ने पूर्ण विश्वास थियो, यसै कारण आन्दोलनमा त्यत्ति आउन सकेको थिइनँ ।’
सप्तरी कञ्ंचनरुप नगरपालिका-५ निवासी अताउल्लाह लाठी टेकेर राजविराजमा हिँड्दै गर्दा उनीसँग सोधियो, “केका लागि आन्दोलनमा आउनुभयो ?”
उनको उत्तर थियो, “मधेसीलाई केही नदिएर संविधान जारी गरियो,यसैका लागि ।”
उनीसँग प्रतिप्रश्न गरियो, “मधेसीलाई के दिइएन ?”
उनले भने, “सीमांकनमा पनि बेइमानी गरिएको छ, निर्वाचन क्षेत्रमा पनि बेइमानी गरेर संविधान जारी गरिएको छ ।”

अताउल्लाझैं सदरमुकाम राजविराज आएका भारदह गाविस-७ का ६२ बर्षीय दिनेश्वर यादव चाहिँ यत्रो आन्दोलन हुँदासमेत मधेसीलाई सम्बोधन नगरिएकाले आन्दोलनमा आएको बताए । उनको गुनासो छ कि जारी गरिएको संविधानमा मधेसीसँग धेरै विभेद गरिएको छ, पहिला झैं । उनले सुनाए, “हामीलाई केही पनि चाहिँदैन, विगतको सरकारले मधेसवादी दलसँग गरेको सम्झौता कार्यान्वयन हुनुपर्‍यो ।”

सरकारले सम्झौता कार्यान्वयनभन्दा पनि सिधै गोली हानेर जनतालाई हत्या गरिरहेको यादवले गुनासो पोखे ।
मलेठ गाविस-७ बिहारपुरबाट आएका ५५ बर्षीय तजमुल हुसैनको भनाइ पनि यस्तै छ । संविधानमा मधेसीका लागि केही पनि नभएकाले जलाउन आएको उनले प्रतिक्रिया दिए । साइकलमै आएका हुसैनसँग ‘संविधानमा के छैन ?’ भनी सोधिएको प्रश्नमा उनले मधेसीको, मुस्लिमको कुनै अधिकार नै नभएको प्रतिकृया दिए ।
त्यस्तै सारस्वर गाविस-७ का झमेली मण्डलले अधिकार प्राप्तिका लागि भइरहेको आन्दोलनमा आएको सुनाए । उनले आन्दोलन गर्दा अधिकार पाइने विश्वास व्यक्त गरे । यद्यपि आन्दोलनको नाराबारे उनलाई जानकारी भएन ।
‘अधिकारका लागि आएको छु, अरु कुरा मलाई थाहा भएन’ उनले भने ।
अधिकांशको धारणा ‘अधिकार’

असोज ४ गते सोमबार संविधान जलाउने कार्यक्रममा सहभागी हुन गाउँ गाउँबाट राजविराज आएका मध्ये लगभग एक सय जनासँग हामीले कुरा गर्‍यौं ।
करिब ५० हजारको संख्यामा गाउँ-गाउँबाट आएका सर्वसाधारणमध्ये धेरैले सीमांकन र निर्वाचन क्षेत्रप्रति असन्तुष्टि जनाए । अधिकांशले अधिकार प्राप्तिका लागि आन्दोलनमा आएको सुनाए । ग्रामिण भेगबाट आएका महिलाहरुले ‘अधिकार’ का लागि आन्दोलनमा आएको बताए । तर, उनीहरुलाई आन्दोलनको एजेण्डा र मुद्दा थाहा थिएन । यद्यपि आन्दोलनबाट पछि नहट्ने उनीहरुको प्रतिक्रिया थियो ।
पछिल्लो तीन दिनयता राजविराजमा गाउँबाट यसैगरी मानवसागर ओर्लिदैं आएको छ ।
अधिकारको माग गर्ने उनीहरुमध्ये कतिपयले समग्र मधेस एक प्रदेश हुनै पर्ने बताउँछन् । तीनदलले सीमांकनमा मधेसीसँग बेइमानी गरेको उनीहरुको प्रतिक्रिया छ । सबैभन्दा बढी आक्रोशचाहिँ सर्वसाधारण मरिरहेकोप्रति देखिएको छ ।
योगिनियाँ गाविसबाट आएका कुसुमलाल यादव र शम्भुनाथ नगरपालिकाको रामपुर जमुवाबाट आएकी सतनी शर्मा र पुर्णी मण्डलले प्रहरीले अन्धाधुन्ध गोली प्रहार गरिरहेकाले त्यो बन्द नगरिएसम्म आन्दोलनमा लागि रहने बताए ।

नेताले बुझाइदिए

असोज ३ गते संविधान जलाउनेसँगै राखिएको विशाल सभालाई सम्बोधन गर्दै मधेसवादी नेताहरुले मधेस आन्दोलनको एजेण्डाबारे विस्तृत रुपमा सुनाए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मूलतः दुईवटा मुद्दा उठान गरे ।
यादवले समग्र मधेस एक प्रदेश र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने बताए । संघीयता ल्याइए पनि गणतन्त्रलाई परिवर्तन गर्न सकिने प्रावधान राखेर बर्बाद गरेको, न्यायालय, लोकसेवाजस्ता महत्वपूर्ण कुराहरुलाई केन्द्रीकृत गरिएकाले यो संविधान मान्य नभएको उनले बताए । उनले यी सबै माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए ।
सडकमा आउने बढ्दै

साउन ३० गतेदेखि तराई/मधेसमा आन्दोलन शुरु हुँदा एक हप्तासम्म ५० देखि सय जनासम्म जुलुस, सभामा देखिन्थे । त्यत्तिबेलाको अवस्थालाई विश्लेषण गर्दा सर्वसाधारणलाई आन्दोलन चाहिएजस्तो देखिएको थिएन ।

भदौ १ गते भारदहमा प्रहरीको गोली लागेर राजीव भनिने राजेन्द्र राउतको ज्यान गएसँगै सर्वसाधारण सडकमा आउन थालेको अवस्था छ ।
‘सुरुमा धेरैलाई मधेशी मोर्चाले किन आन्दोलन गरेकोजस्तो लागेको थियो । पछि संविधानमा मधेसका सवालहरुलाई समावेश नगरी जारी गर्न खोजिएको भन्दै जनता स्वतःस्फूर्त रुपमा सडकमा आउन थालेको देखिन्छ’ अधिवक्ता अशोक चौधरी भन्छन्, “संघीयतासहित नक्सांकन, निर्वाचन प्रणालीका बिषयमा जनता बुझ्न थालेका छन् ।”
मधेसी समुदाय आन्दोलनमा रहेको अवस्थामा आन्दोलनलाई सम्बोधन नै नगरी तीनदलले संविधान जारी गरेको भन्दै यहाँ सर्वसाधारणहरु दुःखी हुँदै झन् आक्रोशित भएर सडकमा आउन थालेका छन् । त्यसैको परिणाम हो, असोज ३ गतेदेखि हालसम्म ५० हजारभन्दा बढी जनता दैनिक रुपमा सडकमा आउन थालेका छन् ।
अधिबक्ता चौधरीको भनाइमा सरकार र तीन दलले जति यो कुरालाई लामो बनाउँदै लान्छन्, त्यत्तिकै संख्यामा जनता सडकमा आउन थाल्छन् ।



प्रहरी नआएपछि शान्तिपूर्ण
आन्दोलन सुरु भएको ४० दिन पुगिसकेको छ । आन्दोलन अन्तर्गत प्रायः सबै दिन कुनै न कुनै संगठन, समुदाय र राजनीतिक दलको बिरोध जुलुस प्रदर्शन हुँदै आएको छ, राजविराजमा । तर, यहाँको प्रदर्शन एकदमै शान्तिपूर्ण देखिएको छ । कारण, प्रहरी कुनै रुपमा आन्दोलनमा देखापर्दैनन् ।
प्रहरी आएर कुनै किसिमको रोकटोक नगरेपछि आन्दोलन शान्तिपूर्ण भइरहेको बताउँदै मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादव प्रहरीले बल प्रयोग नगरेसम्म शान्तिपूर्ण आन्दोलन नै हुने बताउँछन् ।
‘भारदहमा हिंसात्मक घटनाको जिम्मेबार स्थानीय प्रशासन नै हो’ उनी भन्छन्, “जनतामाथि बल प्रयोग गरेपछि आक्रोश बढ्नु स्वभाविक हो ।”
-online khabar
काठमाडौं, ५ साउन । आफूले भनेको नेपालका शीर्ष नेताले नमानेको भन्दै सीमा नाकाबन्दीको धम्की दिएको भारतले अर्काे कदम उठाएको छ ।

सोमबार राति नाकाबन्दी गर्ने चेतावनी दिएको भारतले मंगलबार नेपालको सीमामा कडाइ गरेको छ । सीमा नाकाबाट आवतजावत गर्ने नेपालीलाई समेत चेकजाँचमा कडाइ गरेको हो । भारतसँग जोडिएका सीमा नाकामा माथिको आदेश भन्दै नेपाली नागरिकमाथि विशेष निगरानीसहित चेकजाँच समेत सुरु गरेको छ ।
तराईमा आन्दोलनरत मधेसी दललाई संविधान जारी गर्ने प्रक्रियामा सामेल गराउन भारतले दबाब दिएको भएपनि नेपालका दलले त्यसलाई अस्वीकार गरी सार्वभौम संविधानसभाबाट संविधान जारी गरेका कारण भारतले नेपालमाथि नाकाबन्दी लगाएको हो ।
फाइल फोटो

यस्तै, रक्सौलबाट पट्रोलियम पदार्थ बोकेर भन्सार आइपुगेका नेपाली तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न समेत दिएको छैन् । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ ।
यसअघि नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागतसमेत नगरी निकै बेखुस देखिएको भारतले संविधान जारी भएपछि दोस्रोपटक सोमबार वक्तव्य निकालेर नेपालमाथि कूटनीतिक दबाब दिएको थियो । र नाकाबन्दी गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको थियो ।
-dainik Nepal

Ashoj 5, काठमाडौं: काठमाडौंमा भूकम्‍पको धक्‍का महसुस भएको छ।

मंगलबार मध्‍यान्ह काठमाडौं आसपासमा  ४. ५ म्‍याग्‍निच्‍यूडको भूकम्‍पको धक्‍का  महसुस भएको भूकम्‍प मापन केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र धादिङ भएको जनाइएको छ। अन्नपूर्ण पोस्ट
असोज ५, वीरगन्ज : नेपाल सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले अबको मधेश आन्दोलन भारतसंग जोडिएका सीमा र भन्सार नाका ठप्प पार्ने तर्फ केन्द्रित हुने बताएका छन् ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइररहेका घाइते आन्दोलनकारीहरुको अवस्था बुझन मंगलवार बिहान अस्पतालमै पुगेका अध्यक्ष झाले अहिलेको बन्द हडताल यथावत राख्दै अब भारतसंग जोडिएको मधेशका सबै सीमा नाका र भन्सार नाका ठप्प पार्ने गरि आन्दोलनलाइ चर्काउने बताए ।

सरकारले सेना र प्रहरीको आडमा मधेशबाट इन्धन लगायतका अत्यावश्कीय सामान पहाडमा ढुवानी गरिरहेको भन्दै उनले अब आमहड्ताललाई निरन्तरता दिदै भरतसंग जोडिएका मधेशका सैब सीमा र भन्सार नाका ठप्प पार्ने गरि आन्दोलन चर्काउने दावी गरे ।


भारतबाट काठमाण्डौ भित्रिने सवै सामानको ढुवानी ठप्प पार्ने स्वरुपको आन्दोलन भए मात्र सरकार र प्रमुख तीन दल मधेशीका सामु झुक्ने उनको भनाइ छ । उनले मधेशका माग सम्बोधन नभए सम्म आन्दोलन नरोकिने पनि स्पष्ट पारे ।

वार्ताको ढोका खुल्ला राख्दै आफुहरु आन्दोलनको रणभूमीमा रहेको भन्दै उनले तीन दलले जबरजस्ति बनाएको संविधान मधेशी जनाताले जलाएर अस्वीकार गरिदिएको बताए ।-annapurna post
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines