भदौ २५, काठमाडौं । स्थानीय प्रशासनले जनकपुरलाई दंगा क्षेत्र घोषणा घोषणा गरेको छ । अब साँझ ५ बजेदेखि सेना खटिनेछ ।

शुक्रबार धनुषामा भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको छ । ५० भन्दा बढी घाइते भएका छन् ।

जिल्लाको अवस्था राम्रो नभएकाले दंगाग्रस्त क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारीले कालीप्रसाद पराजुलीले जानकारी दिए ।
-अनलाइन खबर
२५ भदौ, काठमाडौं । महोत्तरीको जलेश्वरमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । ६ जना घाएते भएका छन् ।

त्यसअघिसशस्त्र प्रहरीका असईको हत्या गरेका थिए । आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त बनेको हो ।


दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डलको मृत्यु भएको छ । उनी राप्रपा नेपाल महोत्तरी जिल्ला कार्यसमिति सदस्य हुन् ।

अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएका हुन् ।
प्रहरीको गोली लागेर गणेश चौधरीको मृत्यु भएको छ । उनी रेडक्रसको बज्राही शाखा सभापति समेत हुन् ।
प्रहरीको गोली लागेर ६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जलेश्वरको महादेव मन्दिरदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा अहिले पनि तनाव कायमै छ ।
- अनलाइन खबर
२५ भदौ, काठमाडौं । सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अगुवाईमा मध्य तराईमा नृसंस र हंस्रक गतिविधि भइरहेको बताएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर शान्ति सुरक्षामा खटिएका सुरक्षाकर्मी र उनीहरुको परिवारलाई यातनादिनेदेखि पेट्रोल छर्किएर हत्या गर्ने जस्ता ‘मानवीयताको कलंकजन्य’ क्रियाकलाप भएको बताएको छ ।
महोत्तरीको जलेश्वरमा मधेसी मोर्चाबाट परिचालित हिंस्रक जत्थाले सशस्त्र प्रहरीका असई थमनबहादुर विकमाथि सांघातिक आक्रमण गरेको गृहले बताएको छ । विहान भएको आक्रमणमा परी घाइते भएका उनलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा सोनुखडा भन्ने स्थानमा आन्दोलनकारीले लखेटी लखेटी हत्या गरेका थिए ।

अराजक, उत्तेजक र अपराधिक व्यक्तिहरुले कर्फ्यू उल्लंघन गरेर घरेलु हतियारले सुरक्षाकर्मीमाथि आक्रमण गरेको गृह मन्त्रालयले नाएको छ ।
धनुषामा पनि सुरक्षाकर्मीमाथि फायरिङ भएको मन्त्रालयले बताएको छ । प्रहरीसँगको झडपमा एक जनाको मृत्यु भएको गृह मन्त्रालयले बताएको छ ।
- online khabar
भाद्र २५, काठमाडौं : भारतीय राजदूत रन्जित रे शुक्रबार एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग भेट गरी संविधान निर्माण प्रक्रिया र तराई मधेसमा भइरहेको आन्दोलनबारे छलफल गरेका छन् ।

भारतीय राजदूत रे दाहाललाई भेट्न शुक्रबार बिहान उनको निवास लाजिम्पाट पुगेका थिए। रे ले आन्दोलनकारी मधेसी दल तथा अन्य पक्षहरुका माग एवं मुद्दालाई पनि सम्बोधन गरेर संविधान जारी गर्नु उपयुक्त हुने सुझाव दिएको स्रोतले बतायो।


त्यसका लागि आवश्यक परे केही दिन संविधानसभाको प्रक्रियासमेत स्थगन गर्दा समाधान खोज्न सहज हुने भनाइ रेले राखेका थिए।

उनले आन्दोलनकारीसँग वार्ताका लागि अनौपचारिक तहमा पहल भइरहेको र छिटै उनीहरुसँग औपचारिक वार्ता हुने जानकारी प्रचण्डले दिएका थिए।


उनले मधेसी, थारु तथा अन्य आन्दोलनरत पक्षका माग एवं मुद्दालाई सम्बोधन गर्न आफूहरु सकारात्मक रहेको बताएका थिए । तर त्यो बाहनामा संविधानलाई अड्काउने वा रोक्ने खेल हुनसक्ने भएकोले त्यसमा तीन दल सचेत रहेको बताएका थिए।

प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काका अनुसार अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा भारतीय राजदूतले तराई मधेसको आन्दोलन र समस्याबारे तीन दलको गम्भीर रुपमा ध्यानाकषर्ण हुनुपर्ने बताएका थिए।

असन्तुष्ट पक्षहरुलाई समेटेर नेपालमा छिटै संविधान बनोस् भन्ने भारतीय सरकारको चाहना रहेको राजदूतले स्पष्ट पारेका थिए।
- अन्नपूर्ण पोस्ट
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines