'अमेरिकी डिभी आवेदन आजबाट खुला' 
काठमाडौं, १४ असोज । अमेरिका जान सपना बुनेका नेपालीहरुलाई खुसीको खबर छ ।
अमेरिकाले आफ्नो देश आउने विदेशी नागरिकका लागि आजबाट सन् २०१७ को अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन खुला गरेको छ  ।

काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीअनुसार आजेदेखि डिभी आवेदन भर्ने कार्यक्रम सुरु भएको हो । डिभीको अन्तिम आवेदन दर्ता आगामी कार्तिक १७ गतेसम्म रहेको छ ।
डिभी आवेदन दर्ता गर्दा कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । आवेदन फारम भर्दा कुनै कन्सल्टेन्टको सहयोग नचाहिने र जान्ने बुझ्ने परिवारकै सदस्यबाट आवेदन भर्न समेत दूतावासले सुझाव दिएको छ ।
डिभी चिट्ठाको आवेदन अनलाइन मार्फत भर्नुपर्नेछ । तोकिएको अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सकिनेछ ।
रत्ननगर (चितवन), १४ असोज । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हजार २११ हेक्टर जङ्गल अतिक्रमण भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले निकुञ्जको अतिक्रमणको अवस्था भयावह रहेको भन्दै अतिक्रमणका कारण वनजङ्गल मासिने, वन्यजन्तु प्रभावित हुने र भूक्षयको सम्भावना बढिरहेकाले अतिक्रमण हटाउनु अत्यावश्यक भएको बताउनुभयो । चितवन निकुञ्जको कुल क्षेत्रफल ९३२ वर्ग किमी छ ।

निकुञ्जले विगत केही वर्षदेखि अतिक्रमण हटाउन पहल गरिरहेको भए पनि सफल हुन सकेको छैन । निकुञ्जमा सबैभन्दा धेरै माडीको बाँदरझुलामा अतिक्रमण भएको छ । सो क्षेत्रमा ५५० हेक्टर क्षेत्रफल अतिक्रमण भएको छ ।

विश्वकै संरक्षित क्षेत्र भए पनि निकुञ्जको अतिक्रमण हटाउन नसक्दा अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । निकुञ्ज चितवन, मकवानपुर र नवलपरासीमा फैलिएको छ । चितवनको बाँदरझुलासहित बाल्मीकि आश्रम, मकवानपुरको सुनाचुरी क्षेत्रमा समेत अतिक्रमण बढ्दो छ ।

नवलपरासीको गजग्राह र त्रिवेणी सुस्तामा गरेर ६० हेक्टरमा अतिक्रमण भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै नवलपरासीको नयाँ बेलहानी क्षेत्रमा २४१, पिठौलीमा २७, चितवनको कुखुमखोलामा १५४ हेक्टर अतिक्रमण भएको निकुञ्ज प्रमुख कँुवरले जानकारी दिनुभयो ।

यस्तै चितवनको गीतानगर, पिप्ले मनहरी, कुमरोजलगायत क्षेत्रमा समेत अतिक्रमण भएको छ । निकुञ्जका अनुसार अतिक्रमित क्षेत्रमा अनुमानित दुई हजार ५०० घरधुरीभन्दा बढी बसोबास रहेको छ ।

अतिक्रमणका कारण चुरेपहाड तथा नदी क्षेत्रमा बाढी, पहिरो बढेको अध्ययनले देखाएको छ । चितवन निकुञ्जमा संरक्षित वन्यजन्तुको बसोबास रहेकाले संरक्षण प्रभावकारी बनाउनुपर्ने निकुञ्जको भनाइ छ ।

साथै बसिरहेका घरधुरीसमेत असुरक्षित रहेको र वन्यजन्तुको आक्रमणको त्रास बढ्दो रहेको निकुञ्जले जनाएको छ ।
'मधेस आन्दोलनमा भारतको सहयोग छ' 
काठमाडौं, १३ असोज । नेपालमा संविधान जारी भएसँगै असहज परिस्थिती उत्पन्न भएको छ । संविधान भारतलाई चित्त बुझेको छैन् । सीमांकन मधेसी दलहरुलाई ।
फलस्वरुप भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको छ भने, मधेसवादी दलहरु नाकामा बसेर अवरोध गरिरहेका छन् । यहाँनेर मधेसी दलहरु र भारतको केही न केही तालमेल रहेको देखिन्छ । असन्तुष्टिसहित संविधान संशोधन गर्न भारतले सार्वजनिक गरेको सुझाव र मधेसी दलहरुले राखेका मागहरुमा भिन्नता पनि केही देखिएको छैन् । विगत ५० दिनदेखि मधेसमा आन्दोलन भइरहेको छ । जून आन्दोलनमा भारतको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग रहेको पनि प्रष्ट छ ।
जस्तो की मधेसी नेताहरुलाई खाना खुवाउनु, सीमा अवरोध गर्न लगाउनु, भारतीय सुरक्षाकर्मीले मधेसी कार्यकर्तालाई संरक्षण दिएर आन्दोलनमा सहयोग गरेको सार्वजनिक भएकै कुरा हुन् । तर, यहाँनेर प्रश्न उठ्छ भारतले मधेसवादी दलहरुलाई किन सहयोग गरिरहेको छ ? सिंगो देशलाई सहयोग गर्नुको सट्टा मात्रै मधेसवादी दललाई सहयोग गर्नुको गम्भीर कारण रहेको मधेसी नेताहरु बताउँछन् । त्यो हो नेपालको तराई क्षेत्रलाई ‘भारतमा गाभ्नु’ ।
धर्नामा बसेका मधेसी नेता कार्यकर्ता

एक मधेसी नेताका अनुसार झापादेखि कञ्चनपुरसम्मको भूभागलाई अलग्गै प्रदेश बनाएर विस्तारै भारतमा मिसाउने योजना अनुरुप मधेसमा भ्रम सिर्जना गरेर आन्दोलन चर्काइएको हो । जसमा भारतको प्रत्यक्ष सहयोग रहेको ती नेताको दाबी छ । ‘नेपालको झापादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा भारतले आँखा लगाएको छ । त्यसलाई प्राप्त गर्न मधेसवादी दलहरुलाई परिचालन गरेर भारतले मधेसमा आन्दोलनको विउँ रोप्यो’ मधेसी नेता तथा सभासद् दिप नारायण शाहले भन्नुभयो- ‘मधेसका सबै माग नयाँ संविधानमा उल्लेख गरिएका छन्, यो विशुद्ध भारतपरस्त आन्दोलन हो । मधेसलाई भारतमा गाभ्ने षडयन्त्र हो ।’
महोत्तरी क्षेत्र नम्बर पाँचबाट निर्वाचित मधेसी नेता शाहले मधेसमा भइरहेको आन्दोलन मधेसी जनताहरु र नेपालको हितमा नभएको बताउनुभयो ।
बुधबार मधेसी जनतासँग सवाल जवाफ गर्दै नेता शाहले नेपालको झापादेखि कञ्चनपुरसम्मको तराई क्षेत्र आफ्नो देशमा गाभ्ने भारतको ‘डिजाइन’मै एक मधेस एक प्रदेशको माग उठेको खुलासा गर्नुभयो । शाहलाई मधेसी जनताहरुले आज विहान सवाल जवाफ कार्यक्रममा मधेस आन्दोलन र मधेसी जनताले पाएका अधिकारबारे सोधेका थिए ।
- दैनिकनेपाल
 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines