News
»
मोदीले आफ्ना राजदूतमार्फत नेपाललाई पठाए यस्तो सन्देश, प्रधानमन्त्री कोइरालालाई बुझाइयो
मोदीले आफ्ना राजदूतमार्फत नेपाललाई पठाए यस्तो सन्देश, प्रधानमन्त्री कोइरालालाई बुझाइयो
Tweet
काठमाडौंमा ओर्लिए लगत्तै भारतीय राजदूत रे ले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेका छन् । दिल्लीबाट मोदीले पठाएको सन्देश सुनाउन भारतीय राजदूतले रे ले निवास बालुवाटारमा प्रधानमन्त्री कोइरालालाई भेटेका हुन् ।
भारतीय दूतावास स्रोतका अनुसार मोदीले पठाएको सन्देशमा असोज ३ गते घोषणा गरिएको संविधान संशोधन गर्न भनिएको छ । आफूलाई चित्त नबुझेका ७ बुँदे संशोधन प्रस्ताव भारतले राजदूतमार्फत नेपाललाई पठाएको स्रोतले जनाएको छ ।
भारतले सीमांकनमा परिवर्तन, निर्वाचन क्षेत्र जनसंख्या अनुसार हुनुपर्ने, विदेशीले पनि नागरिकता पाउनुपर्ने लगायतका संशोधन प्रस्ताव पठाएको जनाइएको छ ।
विहान १० बजे दिल्लीबाट त्रिभुवन विमानस्थलमा उत्रिएका राजदूत रे सोझै बालुवाटार हान्निएका थिए । नेपालमा नयाँ संविधान जारी भएपनि सीमावर्ती क्षेत्रमा हिंसात्मक घटना भइरहेको भन्दै भारतले असन्तुष्टि जनाएको थियो ।
-dainik Nepal
Labels:
News
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "मोदीले आफ्ना राजदूतमार्फत नेपाललाई पठाए यस्तो सन्देश, प्रधानमन्त्री कोइरालालाई बुझाइयो"
Leave a reply

