भारतले भन्यो : आन्दोलनका कारण सीमामा अवरोध
Tweet
भारतीय विदेशमन्त्री शुष्मा स्वराज
विज्ञप्तिमा भनिएको छ-‘नेपाल भारत सिमा क्षेत्रका अवरोधका सम्वन्धमा आएका समाचारहरु हामीले हेरेका छौं । ती अवरोधहरु नेपालकै पक्षबाट भएका प्रदर्शन र हुलदंगाले गर्दा उत्पन्न भएका हुन् ।’
उसले नेपालमा जारी मधेस आन्दोलनलाई लक्ष्यित गर्दै राजनीतिक तवरबाट समस्या सुल्झाउन फेरि सल्लाह दिएको छ ।
‘नेपालको नेतृत्वले अहिलेको तनावपूर्ण अवस्थाका कारणहलाई प्रभावकारी र जिम्मेवार ढंगले सम्वोधन गर्नुपर्छ,’ विज्ञप्तिले भनिएको छ, ‘मतभेदका मुद्दाहरुलाई फराकिलो स्वामित्व र स्वीकार्यताको माध्यमले समाधान गर्नुपर्छ ।’
विज्ञप्तिको अन्त्यमा ‘वर्तमान परिस्थिति चाँडोभन्दा चाँडो सहज हुने’ आशा व्यक्त गरिएको छ ।
-अनलाइन खबर
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "भारतले भन्यो : आन्दोलनका कारण सीमामा अवरोध"
Leave a reply

