भारतको नाकाबन्दीमा बाबुरामको समर्थन ?
काठमाडौं, ९ असोज । सामाजिक सञ्जालहरूमा देशको समसामयिक राजनीतिक विषयमा टिकाटिप्पणी गरिरहने एकीकृत माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई भारतले नेपालमा नाकाबन्दी लगाउँदा चुप लागेर बस्नुभएको छ ।

नेपालमा भारतले लगाएको नाकाबन्दीलाई एमाओवादी नेता भट्टराईले मौनसमर्थन गरे जस्तो देखिएको छ ।
भारतपरस्तको आरोप खेप्दै आउनुभएका भट्टराईलाई सामाजिक सञ्जालहरूमा आलोचना पनि हुन थालेका छन् । आज (शनिबार) बिहानसम्म नेता भट्टराईले नाकाबन्दीका विषयमा केही लेख्नु भएको छैन र बोल्नु पनि भएको छैन ।
नेता भट्टराईले भारतको नाकाबन्दीलाई मौनसमर्थन गरेको आरोप उहाँका आलोचकहरूले लागउन थालेका छन् ।

हुन पनि एमाओवादी नेता भट्टराईले आलोचनालाई पुष्टि हुने गरी भारतको नाकाबन्दीका विषयमा कुनै आधिकारिक अभिव्यक्ति दिनुभएको छैन ।
दलका प्रभावशाली नेता तथा आमनागरिकहरूले भारतको हेपाहा प्रवृत्ति र नाकाबन्दीको बिरोध गरिरहँदा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले त्यस विषयमा आफ्नो मुख नखोल्नुमा सबैले रहस्यका साथ हेरिरहेका छन् ।

मधेसी र थारुहरूलाई आफ्नो अधिकारका लागि संघर्ष गर्नुस् भनेर सधै उचाल्ने एमाओवादी नेता भट्टराईले नेपालमा भारतले लगाएको नाकाबन्दीका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने की नगर्ने ? प्रश्न उठेको छ ।
मधेसी र थारुको आन्दोलनमा समर्थन गर्दै आफ्नै पार्टी र राज्यको विरोधमा सामाजिक सञ्जालहरूमा लेखिरहने भट्टराईको फोसबुक र ट्वीटर सुनसान छन् ।

नेता भट्टराईले आफूलाई लागेको आरोपमा खण्डन गर्नुपर्ने सामाजिक सञ्जालहरूमा टिकाटिप्पणी हुन थालेका छन् ।

भारतको नेपालको संविधान २०७२ लाई विरोध गर्दा मौनसमर्थन गरी खुसी जनाएका एमाओवादी नेता भट्टराईले भारतले अघि सारेको भनिएको सात बुँदे सर्तलाई पनि समर्थन गरेको आरोप छ ।
dainiknepal.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "भारतको नाकाबन्दीमा बाबुरामको समर्थन ?"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines