अमेरिका जान चाहनेलाई खुसीको खबर !
Tweet
काठमाडौं, १४ असोज । अमेरिका जान सपना बुनेका नेपालीहरुलाई खुसीको खबर छ ।
अमेरिकाले आफ्नो देश आउने विदेशी नागरिकका लागि आजबाट सन् २०१७ को अमेरिकी डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि आवेदन खुला गरेको छ ।
काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तीअनुसार आजेदेखि डिभी आवेदन भर्ने कार्यक्रम सुरु भएको हो । डिभीको अन्तिम आवेदन दर्ता आगामी कार्तिक १७ गतेसम्म रहेको छ ।
डिभी आवेदन दर्ता गर्दा कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ । आवेदन फारम भर्दा कुनै कन्सल्टेन्टको सहयोग नचाहिने र जान्ने बुझ्ने परिवारकै सदस्यबाट आवेदन भर्न समेत दूतावासले सुझाव दिएको छ ।
डिभी चिट्ठाको आवेदन अनलाइन मार्फत भर्नुपर्नेछ । तोकिएको अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डिभी) आवेदन फारम भर्न सकिनेछ ।

