News
»
प्रहरीको गोली लागेर रेडक्रसकर्मी र राप्रपा नेपालकी नेतृको मृत्यु
प्रहरीको गोली लागेर रेडक्रसकर्मी र राप्रपा नेपालकी नेतृको मृत्यु
Tweet
त्यसअघिसशस्त्र प्रहरीका असईको हत्या गरेका थिए । आन्दोलनकारीको कुटाइबाट घाइते भएका सशस्त्र प्रहरीका असईको हत्या भएपछि जलेश्वर थप तनावग्रस्त बनेको हो ।
दिउँसो भएको झडपमा प्रहरीको गोलीबाट हगीलेक गाविस घर भएकी रामशिला मण्डलको मृत्यु भएको छ । उनी राप्रपा नेपाल महोत्तरी जिल्ला कार्यसमिति सदस्य हुन् ।
अर्की एक महिलालाई गोली लागेको छ । गोली लागेर शैलादेवी चौधरी घाइते भएका हुन् ।
प्रहरीको गोली लागेर गणेश चौधरीको मृत्यु भएको छ । उनी रेडक्रसको बज्राही शाखा सभापति समेत हुन् ।
प्रहरीको गोली लागेर ६ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
जलेश्वरको महादेव मन्दिरदेखि महेन्द्र चोकसम्मको क्षेत्रमा अहिले पनि तनाव कायमै छ ।
- अनलाइन खबर
Labels:
News
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "प्रहरीको गोली लागेर रेडक्रसकर्मी र राप्रपा नेपालकी नेतृको मृत्यु"
Leave a reply

