मन्दिरमा पस्दा ९० वर्षीय दलितलार्इ जिउँदै जलाइयो
आस्विन १६ शनिबार, एजेन्सी : भारतको उत्तर प्रदेशस्थित झाँसी जिल्लाक हमिरपुरमा मन्दिरमा पसेको आरोमा एक ९० वर्षीय दलित वृद्धलार्इ आगो लगाएर जिउँदै जलाइएको छ ।

घटना हमिपरपुरको बिलगाउँमा भएको हो । बुधवार दिउँसो ९० वर्षीय खिमा अहिरवार पत्नी र भाइसँगै मन्दिरमा गएका थिए ।

उनीहरु मन्दिरमा पुगेपछि त्यहाँ रहेका सञ्जय तिवारी नामका एक व्यक्तिले मन्दिरमा पस्नका लागि दलित परिवारसँग पैसा मागेका थिए । दलित परिवारले पैसा दिन इन्कार गरेपछि ती वृद्धमाथि तिवारीले बन्चरोले हानेका थिए ।

बन्चरोले काटेर लडाएपछि ती वृद्धमाथि तेल खन्याएर उनलार्इ मन्दिरमै जिउँदै जलाइएको हो ।

प्रहरी वृद्धको हत्या अभियोगमा तिवारीलार्इ गिरफ्तार गरिसकेको छ । घटना हुँदा नशामा  रहेका  तिवारीले दलितसँग मन्दिर पसेको बदलामा पैसा मागेका थिए ।

घटनापछि तिवारीले भाग्ने कोशिस गरेका थिए । तर गाउँलेले उनलार्इ पक्रेर पुलिसको जिम्मा लगाइदिए ।

घटना भएको गाउँका दलित समुदायले आफूहरुलार्इ मन्दिर जान अनुमति नदिइएको बताउँदै आएका छन् । घटनापछि गाउँका दलित समुदाय त्रसित छन् ।

पुलिसले घटनाको पुष्टि गर्दै वृद्धको हत्यापछि तिवारी भाग्न खोजेपनि उसलार्इ पक्रेर आफूहरुलार्इ बुझाएको जानकारी दिएको छ । - newspati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "मन्दिरमा पस्दा ९० वर्षीय दलितलार्इ जिउँदै जलाइयो"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines