News
»
कोइराला र गच्छदारबीच भेटवार्ता, काँग्रेसले माग्यो राष्ट्रपतिमा समर्थन
कोइराला र गच्छदारबीच भेटवार्ता, काँग्रेसले माग्यो राष्ट्रपतिमा समर्थन
Tweet
कोइराला निवास महाराजगञ्जमा आज बिहान भएको भेटवार्तापछि पत्रकारसँग कुरागर्दै गच्छदारले कांग्रेससहित एमाले, एमाओवादी र आफ्नो पार्टी फोरम लोकतान्त्रिकबीच सहकार्यको आवश्यक्ता रहेको बताउनुभयो ।
‘संविधान निर्माणका क्रममा देखिएको एकता र सहकार्य आउँदा दिनमा पनि आवश्यक छ’, गच्छदारले भन्नुभयो, ‘राष्ट्रपति निर्वाचनमा पनि आवश्यक छलफल गरेर सहमतिका साथ जानुपर्छ ।’
भेटवार्ताका क्रममा सभापति कोइरालाले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रपति कांग्रेसले पाउनुपर्ने जिकिर गच्छदारसँग गर्नुभएको छ ।
एमालेको नेतृत्वमा सरकार गठन भएपछि गच्छदारले कांग्रेस सभापति कोइरालासँग पहिलो पटक औपचारिक रुपमा भेट गर्नुभएको हो ।
Labels:
News
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "कोइराला र गच्छदारबीच भेटवार्ता, काँग्रेसले माग्यो राष्ट्रपतिमा समर्थन"
Leave a reply

