भारतसँगै अब चिनियाँ नाका बन्द गर्ने मधेसी मोर्चाको घोषणा
काठमाडौं, १६ असोज । भारतसँग जोडिएका तराईका नाकामा अवरोध गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब चिनियाँ नाका पनि बन्द गर्ने घोषणा गरेको छ ।

भारतीय नाकाबन्दीले आपूर्ति ठप्प हुँदा चीनसँग जोडिएको उत्तरतर्फको तातोपानी नाका खुलेसँगै मोर्चाले आइतबारदेखि चिनियाँ नाका बन्द गर्ने घोषणा गरेको हो । मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चिनियाँ नाका बन्द गर्न मोर्चाले तयारी गरेको बताए ।

‘अहिलेसम्म दक्षिणका बोर्डर र सरकारी कार्यालय बन्द छन्, अब उत्तरी बोर्डर पनि नाकाबन्द हुन्छ । हाम्रो तयारी पूरा भएको छ,’ उनले भने । सरकारलाई आर्थिक र राजनीतिक रुपमा असहयोग गर्ने आन्दोलन जारी रहने उनको भनाई छ ।

मोर्चाले एक सातादेखि भारतसँग सीमा जोडिएका भन्सार नाकामा धर्ना बसेर आवात जावत ठप्प पारेको छ भने भारतले नेपालमा अघोषित नाकाबन्दी नै गरेको छ । भारतीय नाकाबन्दीले आपूर्ति ठप्प भएपछि सबैको ध्यान चिनियाँ नाकातर्फ केन्द्रीत भएको थियो । शुक्रबार मात्रै चीनसँग जोडिएको तातोपानी नाका सञ्चालनमा आएको छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "भारतसँगै अब चिनियाँ नाका बन्द गर्ने मधेसी मोर्चाको घोषणा "

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines