नाकाबन्दीको धम्की दिएलगत्तै भारतले उठायो अर्काे कदम', तेल बोकेका नेपाली नेपाली ट्यांकरलाई सीमामा रोक्यो'
काठमाडौं, ५ साउन । आफूले भनेको नेपालका शीर्ष नेताले नमानेको भन्दै सीमा नाकाबन्दीको धम्की दिएको भारतले अर्काे कदम उठाएको छ ।

सोमबार राति नाकाबन्दी गर्ने चेतावनी दिएको भारतले मंगलबार नेपालको सीमामा कडाइ गरेको छ । सीमा नाकाबाट आवतजावत गर्ने नेपालीलाई समेत चेकजाँचमा कडाइ गरेको हो । भारतसँग जोडिएका सीमा नाकामा माथिको आदेश भन्दै नेपाली नागरिकमाथि विशेष निगरानीसहित चेकजाँच समेत सुरु गरेको छ ।
तराईमा आन्दोलनरत मधेसी दललाई संविधान जारी गर्ने प्रक्रियामा सामेल गराउन भारतले दबाब दिएको भएपनि नेपालका दलले त्यसलाई अस्वीकार गरी सार्वभौम संविधानसभाबाट संविधान जारी गरेका कारण भारतले नेपालमाथि नाकाबन्दी लगाएको हो ।
फाइल फोटो

यस्तै, रक्सौलबाट पट्रोलियम पदार्थ बोकेर भन्सार आइपुगेका नेपाली तेल ट्यांकरहरुलाई भारतले मंगलबार नेपाल प्रवेश गर्न समेत दिएको छैन् । भन्सार जाँचपास नगरी नेपाली ट्यांकरहरुलाई भारततर्फ नै रोकिएको छ ।
यसअघि नेपालमा नयाँ संविधान जारी भएकोमा स्वागतसमेत नगरी निकै बेखुस देखिएको भारतले संविधान जारी भएपछि दोस्रोपटक सोमबार वक्तव्य निकालेर नेपालमाथि कूटनीतिक दबाब दिएको थियो । र नाकाबन्दी गर्ने धम्कीपूर्ण भाषा प्रयोग गरेको थियो ।
-dainik Nepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "नाकाबन्दीको धम्की दिएलगत्तै भारतले उठायो अर्काे कदम', तेल बोकेका नेपाली नेपाली ट्यांकरलाई सीमामा रोक्यो' "

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines