भारतीय राजदूतले प्रचण्डलाई भेटेर के भने
Tweet
भारतीय राजदूत रे दाहाललाई भेट्न शुक्रबार बिहान उनको निवास लाजिम्पाट पुगेका थिए। रे ले आन्दोलनकारी मधेसी दल तथा अन्य पक्षहरुका माग एवं मुद्दालाई पनि सम्बोधन गरेर संविधान जारी गर्नु उपयुक्त हुने सुझाव दिएको स्रोतले बतायो।
त्यसका लागि आवश्यक परे केही दिन संविधानसभाको प्रक्रियासमेत स्थगन गर्दा समाधान खोज्न सहज हुने भनाइ रेले राखेका थिए।
उनले आन्दोलनकारीसँग वार्ताका लागि अनौपचारिक तहमा पहल भइरहेको र छिटै उनीहरुसँग औपचारिक वार्ता हुने जानकारी प्रचण्डले दिएका थिए।
उनले मधेसी, थारु तथा अन्य आन्दोलनरत पक्षका माग एवं मुद्दालाई सम्बोधन गर्न आफूहरु सकारात्मक रहेको बताएका थिए । तर त्यो बाहनामा संविधानलाई अड्काउने वा रोक्ने खेल हुनसक्ने भएकोले त्यसमा तीन दल सचेत रहेको बताएका थिए।
प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काका अनुसार अध्यक्ष प्रचण्डसँगको भेटवार्तामा भारतीय राजदूतले तराई मधेसको आन्दोलन र समस्याबारे तीन दलको गम्भीर रुपमा ध्यानाकषर्ण हुनुपर्ने बताएका थिए।
असन्तुष्ट पक्षहरुलाई समेटेर नेपालमा छिटै संविधान बनोस् भन्ने भारतीय सरकारको चाहना रहेको राजदूतले स्पष्ट पारेका थिए।
- अन्नपूर्ण पोस्ट
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "भारतीय राजदूतले प्रचण्डलाई भेटेर के भने"
Leave a reply

