चार्लटनको रेकर्ड तोड्दै रुनी बने सर्वाधिक गोलकर्ता
२३ भदौ, काठमाडौं । सर बोबी चार्लटनको रेकर्ड तोड्दै वायन रुनी इंग्ल्याण्डका सर्बाधिक गोलकर्ता बनेका छन् ।

मंगलबार राति वेम्बलीमा भएको युरो कप छनोट फुटबलमा इंग्ल्याण्डले स्विट्जरल्याण्डलाई २-० ले पराजित गर्दा रुनीले एक गोल गरेका हन् । खेलको ८४ औं मिनेटमा पाएको पेनाल्टीमा रुनीले गोल गरेका हुन् ।

सन मारिनोविरुद्धको खेलमा पेनाल्टी गोल गर्दै रुनीले चार्लटनको ४९ गोलको कीर्तिमान भेट्टाएका थिए ।
चार्लटनको रेकर्ड तोडेपछि २९ वर्षीय स्ट्राइकर रुनीले सपना पुरा भएको प्रतिक्रिया दिएका छन् ।
रुनीले मासेडोनियाविरुद्ध २००३ मा इंग्ल्याण्डका लागि पहिलो गोल गरेका थिए । १२ वर्षमा ५० गोल गर्दै उनी इंग्ल्याण्डका सर्वाधिक गोलकर्ता बनेका छन् ।
- onlinekhabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "चार्लटनको रेकर्ड तोड्दै रुनी बने सर्वाधिक गोलकर्ता"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines