आन्दोलनकारीले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते
२७ भदौ, सिराहा । सिराहाको मिर्चैयामा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रदर्शनकारीले प्रहरीमा गोली हानेका छन् । गोली लागेर सशस्त्र प्रहरीका जवान घाइते भएका छन् ।

Siraha
सशस्त्र प्रहरी गण दन्तथकालीका जवान विपिन राईलाई गोली लागेको छ । दाहिने पाखुरामा गोली लागेको उनको स्थानीय क्लिनिकमा उपचार ग।रिएको छ ।
बन्दकर्ताले रुख ढालेर राजमार्ग अवरुद्ध पारेपछि खुलाउन प्रहरी गएको थियो । तर, लुकेर बसेको समूहले प्रहरीमाथि गोली चलाएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले जानकारी दिएका छन् ।
उनका अनुसार प्रहरीलाई लक्षित गरी दुई राउण्ड फायर गरेका थिए । घटनामा प्रहरीले चार राउण्ड फायर गरेको छ ।-अनलाइन खबर

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "आन्दोलनकारीले हानेको गोली लागेर सशस्त्र प्रहरी घाइते "

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines