प्रहरीले हातपात गरेको भन्दै पाटन अस्पतालका डाक्टर आन्दोलित
Tweet
त्यसको विरोधमा गत शुक्रबारबाट पाटन अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प छन् । चिकित्सकहरुले आइतबार अस्पतालको गेटमा धर्ना समेत दिएका छन् ।
ललितपुर चापागाउँका ३० वर्षीय बालमुकुन्द खड्का विरामी भएर अस्पतालमा भर्ना भएका थिए । उनलाई डिस्चार्ज गर्ने तयारी भैरहेको थियो । तर, एक्कासी ज्वरो बढेपछि उपचारमा लापरवाही भएको भन्दै विरामीका आफन्त आक्रोशित भएका थिए ।
खड्का प्रहरी नायव निरिक्षक सिलवालका भिनाजु हुन् । सिलवालले आफ्नो भिनाजुको उपचारमा लापरवाही गरेको भन्दै पाण्डे थरका एक डाक्टरलाई हात हालेको प्रत्यक्षदर्शी बताउँछन् । सिलवालको थप्पडबाट डाक्टर पाण्डेको चस्मा भुईंमा झरेर फुटेको थियो । सिलवालसँगै आएका अरुले पनि पाण्डेलाई बोतल प्रहार गरेका थिए । त्यसलगत्तै पाण्डेलाई इमर्जेन्सी कक्षमा लगेर उपचार गरिएको थियो ।
बर्दिको आडमा चिकित्सकलाई आक्रमण गरेकाले चिकित्सक र कर्मचारीहरु आन्दोलनमा उत्रिएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
-अनलाइनखबर
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "प्रहरीले हातपात गरेको भन्दै पाटन अस्पतालका डाक्टर आन्दोलित"
Leave a reply

