News
»
हिन्दु राष्ट्रको माग सम्बोधन नहुने देखेपछि राप्रपा नेपालले आकस्मिक बैठक बोलायो
हिन्दु राष्ट्रको माग सम्बोधन नहुने देखेपछि राप्रपा नेपालले आकस्मिक बैठक बोलायो
Tweet
बैठकमा आगामी संघर्षको कार्यक्रम , पार्टीको रणनीतिलगायतका विषयमा छलफल हुने सहप्रवक्ता मोहन श्रेष्ठले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार नयाँ बन्ने संविधानमा तीनदलका नेताहरुले आफूहरुको मागको वेवास्ता गरि धर्म निरपेक्षतालाई नै निरन्त्रता दिने संकेत गरेपछि पार्टीले चाल्नुपर्ने आवश्यक रणनीति तय गर्न आकस्मिक बैठक बोलाइएको हो ।
विगतदेखि नै राप्रपा नेपालले संघीयता , धर्म निरपेक्षता गणतन्त्र लगायतका मुद्दामा आफ्नो स्पष्ट धारणा राख्दै सडक र सदनमा संघर्ष गर्दै आएको तर अन्तिम समयमा पनि त्यसको सुनुवाई नहुने देखिएपछि अब कठोर निर्णय गर्ने बताए । यद्यपी उनले कस्तो कठोर निर्णय भन्नेबारे भने खुलाउन चाहेनन् । यसअघि राप्रपा नेपालले देशलाई हिन्दुराष्ट्र निर्माणका लागि दवाव दिन सडक र सदनमार्फत विभिन्न खालका संघर्ष गर्दै आएको थियो ।Rato Pati
Labels:
News
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "हिन्दु राष्ट्रको माग सम्बोधन नहुने देखेपछि राप्रपा नेपालले आकस्मिक बैठक बोलायो"
Leave a reply

