कैलालीको मसुरियामा थारुहरुको विरोधसभा सुरक्षा व्यवस्था कडा
२१ भदौ, धनगढी । कैलालीको मसुरियामा थरुहट-थारुवान संयुक्त संघर्ष समितिले विरोध सभा सोमबार आयोजना गर्दै छ ।

थारु बहुल जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउन गरेको माग सम्वोधन नभएको विरोधमा सभा आयोजना गरिएको हो । सभालाई थारु सभासद तथा नेताहरुले सम्वोधन गर्ने कार्यक्रम छ ।

सभालाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले शान्तिपूर्ण विरोध सभा भए पनि जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको बताए ।

पूर्वपश्चिम राजमार्गमा सभा आयोजना गरिएको छ । अत्तरीया र लम्कीको बीचमा मसुरिया पर्दछ । online khabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "कैलालीको मसुरियामा थारुहरुको विरोधसभा सुरक्षा व्यवस्था कडा "

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines