शुक्रबारदेखि फेरि आमरण अनसन बस्ने डा. केसीको चेतावनी
Tweet
फाइल तस्वीर
अनशन तोड्ने क्रममा गरिएको ११ बुँदे सहमति सोमवारको मन्त्रिपरिषद बैठकबाट पारित नगरेको भन्दै उनले आउँदो शुक्रबारदेखि फेरि आमरण अनसन सुरु गर्ने चेतावनी दिएका हुन् ।
केसीले मंगलबार निकालेको विज्ञप्तिमा सहमति पारित गरेर सिट, शुल्क र मेरिटमा भर्नासम्बन्धी बुँदा कार्यान्वयनका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिन र चिकित्सा शिक्षा आयोग गठन गर्न माग गरेका छन् । अन्यथा आउँदो शुक्रवारदेखि पुनः आमरण अनशन बस्ने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा लेखिएको छ, ‘भ्रष्ट, अपराधी र माफियाले प्रधानमन्त्री लगायत मन्त्रीमण्डललाई नै खरीद गरेका हुन् वा तिनको डरले आम मानिसको हितमा एउटा कदम पनि राज्यले उठाउन सक्दैन भने त्यो दुर्भाग्यपूर्ण अवस्था अन्त गर्न हामी सबै आ-आफ्नो ठाउँबाट लाग्नैपर्ने भएको छ ।’
-अनलाइन खबर
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "शुक्रबारदेखि फेरि आमरण अनसन बस्ने डा. केसीको चेतावनी"
Leave a reply

