सप्तरीको भारदहमा प्रहरीको गोली लागेर एकको मृत्यु
२३ भदौ, राजविराज । सप्तरीको भारदहमा प्रहरीको गोली लागेर बुधबार एकजनाको मृत्यु भएको छ । सवारी साधनहरु स्कोटिङ गरेर गन्तव्यतर्फ लैजान लाग्दा प्रदर्शनकारीले अवरोध गरेपछि झडप भएको थियो ।

फाइल तस्वीर
झडपमा प्रहरीले चलाएको गोली लागेर पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउतको मृत्यु भएको हो ।
प्रहरीले स्कोटिङ गरेर गाडी पठाउने भनेपछि आन्दोलनकारीहरुले रुख ढालेर सडक अबरुद्ध पारेका थिए ।
सो स्थानमा अहिले पनि तनाव जारी छ । प्रहरी र प्रदर्शनकारीबीच अहिले पनि झडप भैरहेको छ । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ ।
 online khabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "सप्तरीको भारदहमा प्रहरीको गोली लागेर एकको मृत्यु"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines