विराटनगर भन्सारमा आन्दोलनकारीद्वारा प्रहरीलाई जिउँदै जलाउने प्रयास
२३ भदौ, विराटनगर । मधेसी मोर्चाका कार्यकर्ताले विराटगरको भन्सार चेकपोस्टमा खटिएका कर्मचारीलाई जिउँदै जलाउने प्रयास गरेका छन् । मोर्चाका कार्यकर्ताले प्रहरीलाई पेट्रोल छर्केर जलाउने प्रयास गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी प्रमोदकुमार खरेलले अनलाइनखबरलाई जानकारी दिए ।

उनले भने-‘डेढ दुई सयको संख्यामा आएका प्रदर्शनकारीले प्रहरी विटमा तोडफोड गरे र, नियमित डिउटीमा खटिएका पाँच जना प्रहरीलाई पेट्रोल छर्किएर आगो लगाउने प्रयास गरे ।’ प्रहरीले हवाई फायर गरेपछि आन्दोलनकारी भागेको भन्दै उनले भने-‘हवाई फायर गरेर प्रहरीलाई जल्नबाट बचाइयो ।’
उनका अनुसार सशस्त्र प्रहरीले एसएलआरबाट १० राउन्ड र प्रहरीले सटगनबाट पाँच र राइफलबाट एक राउन्ड हवाइ फायर गरेको थियो ।
-onlinekhabar

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "विराटनगर भन्सारमा आन्दोलनकारीद्वारा प्रहरीलाई जिउँदै जलाउने प्रयास"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines