News
»
मोदीका दूत जयशंकर काठमाडौंमा
मोदीका दूत जयशंकर काठमाडौंमा
Tweet
जय शंकरले आजै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र सेनाप्रमुख राजेन्द्र क्षेत्रीलाई अलगअलग भेट्ने कार्यक्रम छ।
उनले शुक्रबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीलार्इ बालकोटमा भेट्ने भएका छन्। यस्तै कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई छुट्टा छुट्टै भेट्ने भएका छन् ।
जयशंकरले मधेसवादी दलहरुसँग पनि बेग्लै भेट्ने कार्यतालिका छ। संविधान जारी हुनु दुई दिनअघि विदेश सचिव जयशंकर नेपाल आउनुमा विशेष अर्थ रहेको विश्लेषकहरुको भनाइ छ।
मोदीले विशेष दूत बनाएर नेपाल आउन लागेका उनी संविधान जारी गर्ने विशेष कार्यक्रममा सहभागी नहुने भएका छन्।
मधेसी र थारू समुदायका मागहरू सम्बोधन गर्न उनीहरूसँग वार्ता गरेरमात्र संविधान जारी गर्ने सुझाव विदेशमन्त्रीको तहबाट सार्वजनिक गरिसकेको भारतले प्रधानमन्त्रीकै विशेष दूत पठाउँदा तिनै चासोलाई अरू प्रखर रूपमा व्यक्त गर्ने अनुमान गरिएको छ।
शुक्रबार दिनभरी नेपालका दलहरुसँग भेटवार्ता गरेपछि उनी शनिबार भारत फर्कने छन्।
-annapurnapost
Labels:
News

