News
»
महिलाले पहिरो हटाएपछि अवरुद्ध यातायात सञ्चालनमा
महिलाले पहिरो हटाएपछि अवरुद्ध यातायात सञ्चालनमा
Tweet
हालैको बर्सातको समयमा ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको पहाडी क्षेत्रको सडक स्थानीय महिला एकजुट भई पहिरो हटाएपछि सहज रुपमा यातायात सञ्चालनमा आएका हुन् ।
सडकको नियमित मर्मतसम्हारका लागि जिल्ला विकास समितिको एसएनआरटिपीको सडक मर्मत कार्यक्रमसँग भएको सम्झौताअनुसार अधिकांश महिलाको टोलीले उक्त कार्य गर्दै आएका छन् ।
वैदेशिक रोजगारीको कारण गाउँमा युवा पुरुषको अभावले गर्दासमेत महिला आफैँ काममा कसिनुपर्ने बाध्यता रहिआएको छ । पहिरो हटाएपछि पहाडी, अर्खला, धौबादी, जौबारी, भारतीपुर, डेढगाउँ, नरम, मिथुकरमलगायत क्षेत्रका यातायात सञ्चालन भएका छन् ।
गत वर्षको बर्सातको समयभरि करिब चार महिना सो भेगमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा खच्चड तथा मानिसबाट औषधि र खाद्यान्न ढुवानी गर्नुुपर्ने बाध्यता थियो ।
वर्षाकै कारण अझै पनि पहाडी क्षेत्रको बुलिङटार, डाँडाझेरी, अर्खला र कोटथर क्षेत्र भने पूर्ण रुपमा यातायात सञ्चालन हुन सकेका छैनन् । रासस/दैनिकनेपाल
Labels:
News
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "महिलाले पहिरो हटाएपछि अवरुद्ध यातायात सञ्चालनमा"
Leave a reply

