नयाँ संविधानमा धमाधम हस्ताक्षर सुरु
असोज १, काठमाडौं– संविधानसभाबाट पारित नेपालको संविधान, २०७२ मा सभासद्हरुको हस्ताक्षर गर्ने कार्यक्रम सुरु भएको छ। शुक्रबार बिहान ९ बजेदेखि संविधानसभा भवन नयाँबानेश्वरमा सुरु भएको हस्ताक्षर कार्यक्रम दिउँसो ३ बजेसम्म चल्नेछ।

संविधानसभा भवनको ल्होत्से हलमा भइरहेकाे हस्ताक्षर कार्यक्रम सकिएपछि सभाध्यक्ष सुवास नेम्वाङले प्रमाणिकरण गर्ने छन्। त्यसपछि ३ दलले ४ बजे पत्रकार सम्मेलन गरी अाम नागिरकलार्इ संविधान निर्माण गरिएकाे जानकारी गराउने र ३ गते दिपावली गरी खुसियाली मनाउन अाह्वान गर्ने कार्यक्रम छ ।

 कुल १० वटा डेस्कमा सभासद्हरुको वर्णानुक्रमअनुसार संविधानका अनुसूचीअन्तर्गत राखिएका सभासद्हरुको नामावलीको सूचीमा हस्ताक्षर भइरहेको छ।

नेपाली कागजमा मुद्रण गरिएको पाँचप्रति संविधानमा हस्ताक्षर हुनेछ । हस्ताक्षर क्रम सकिएपछि सभाध्यक्ष नेम्वाङले प्रमाणीकरण गर्ने कार्यक्रम छ । गत भदौ ३० गते पारित भएको संविधानमा बिहीबार शुद्धाशुद्धि हेर्ने काम सकिएको थियो।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "नयाँ संविधानमा धमाधम हस्ताक्षर सुरु"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines