News
»
भारतीय दूतको भेटघाट सुरू, पहिलो भेट अोलीसँग
भारतीय दूतको भेटघाट सुरू, पहिलो भेट अोलीसँग
Tweet
नेकपा एमाले अध्यक्ष केपी अाेली निवास वालकोटमा उनको पहिलो भेटवार्ता भएको छ। अोलीले ट्विटर मार्फत फोटोसहित भेटघाटको जानकारी गराएका छन्। असोज ३ गते नयाँ संविधान जारीगर्ने तय भएको बेला भारतीय दूतको अागमनलाइ अर्थपूर्ण मानिएको छ। परराष्ट्र श्रोतका अनुसार जयशंकर शनिबार स्वदेश फर्किने कार्यक्रम छ।
जयशंकरले प्रधानमन्त्री सुशील कोइरालालाई विहान १० बजे भेट्ने तय गरिएको थियो । क्याविनेट बैठक जुधेका कारण प्रधानमन्त्रीको भेटघाटको कार्यतालिका हेरफेर भएपछि जयशंकरले पहिलो भेट ओलीसँग गरेका हुन् ।जयशंकरले दिउँसो राष्ट्रपति, एमाअोवादी अध्यक्ष पुष्पकमल दहाल र मधेशवादी नेताहरूसँग भेटघाट गर्नेछन्। उनको साँझ प्रधानमन्त्रीसँग भेट हुनेछ।
Labels:
News
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments for "भारतीय दूतको भेटघाट सुरू, पहिलो भेट अोलीसँग"
Leave a reply

