भारतको अर्को कठोर वचन, ‘हामी तेल दिँदैनौं, अन्तबाट ल्याए सहदैनौं’
सोमबार, १८ असोज, काठमाडौं । नेपालमाथि लगाएको अघोषित नाकाबन्दी हटाएको घोषणा गरेको भारतले दुई दिन नबित्दै बोली फेरेको छ ।
भारतले नेपालको संविधान संशोधन नभएसम्म नाकाबन्दी नहटाउने चेतावनी दिएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भएको छलफलमा भारतीय विदेश मन्त्रालयले यस्तो चेतावनी दिएको हो ।

भेटवार्ताका क्रममा भारतले तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउने कुराको पनि विरोध गरेको छ ।
राजदूत उपाध्यायले आइतबारमात्रै आफूहरुलाई भित्तामा पु¥याउने कोशिस भए अन्य मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन बाध्य हुने बताएका थिए ।
सो कुराप्रति भारतीय विदेश मन्त्रालयले आपत्ति जनाएको छ । मन्त्रालयले शीर्ष नेतृत्वको आदेश भन्दै तत्काल नाकाबन्दी नहटाउने चेतावनी दिएको हो ।
यो सँगै भारतले नेपालमाथि थप संकट खडा गर्न खोजेको प्रष्टिएको छ । भारतले आफू पनि पेट्रोलियम पदार्थ नदिने र अन्यत्रबाट ल्याउन पनि नदिने दोहोरो रणनीति लिएको देखिएको हो ।
-नेपालसंदेशबाट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "भारतको अर्को कठोर वचन, ‘हामी तेल दिँदैनौं, अन्तबाट ल्याए सहदैनौं’"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines