जनतासँग माफ माग्दै थरुहटले लियो बन्द फिर्ता
सोमबार, १८ असोज, दाङ । थरुहट–थारुवान संघर्ष समिति दाङले राजमार्ग बन्दको कार्यक्रम फिर्ता लिएको छ । संघर्ष समितिले अब विभिन्न स्थानमा जनसभा र जनजागरणको कार्यक्रम गर्ने बताएको छ ।
साउन अन्तिम साताबाट सुरु भएको संघर्षको कार्यक्रम विगत एक साता देखि राजमार्ग बन्द गराउने तर्फ उन्मुख भएको थियो ।

संघर्ष समितिले सोमबार विज्ञप्ती जारी गर्दै अबदेखि सडक बन्न नगर्ने बताउको हो । संघर्ष समिति दाङका प्रवक्ता प्रकाशकुमार चौधरीले आन्दोलनको स्वरुप परिवर्तन भएको बताए ।
उनले बन्दका कारण सर्वसाधारणलाई असर परेकोमा माफी समेत मागेका छन् ।
उनले सरकार वार्ताकालागि सकारात्मक भएकाले आन्दोलनको स्वरुप फेरिएको बताएका छन् ।-नेपाल संदेश

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "जनतासँग माफ माग्दै थरुहटले लियो बन्द फिर्ता"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines