दुई महिना बितिसक्दा पनि दुवईबाट शव नेपाल आउन सकेन

परासी, २० असोज । दुवईमा मृत्यु भएका नवलपरासीको देवचुली नगरपालिका–७ का रामबहादुर लामाको शव अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन् । करिव दुई महिनाअघि एक नेपाली कामदारले नै हत्या गरेका रामबहादुरको शव नेपाल ल्याउन नसकिएको हो । रामबहादुरको परिवारले अहिले उनको शवको प्रतिक्षामा रहेको छ ।

नवलपरासी देवचुली नगरपालिका–७ का रामबहादुर लामा विदेश गएको एक वर्ष मात्र भयो । राति राम्रैसँग कुराकानी गरेका श्रीमान् भोलिपल्ट मरे भन्ने समाचारले स्तब्ध बनेकी श्रीमती हरिमाया श्रीमान्को शव आउने बाटो हेरेर प्रतीक्षामा बसेका छन् ।

शव ल्याउन हिमालयन सामुदायिक विकास मञ्च ९हिकोडेफ०द्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र कावासोतीले पहल गरिरहेको जनाएको छ । शव आउने प्रक्रियामा रहेको भए पनि हत्याको घटनाको छानबिन र बकर इद्को बेला भएकोले शव आउन ढिला भएको सूचना तथा परामर्श केन्द्रका संयोजक खगराज गौतमले जानकारी दिए ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments for "दुई महिना बितिसक्दा पनि दुवईबाट शव नेपाल आउन सकेन"

Leave a reply

 
जीवन मंत्र
बिचित्र संसार
स्वास्थ्य
Latest Updates
English Headlines